७ वैशाख २०८१ शुक्रबार
समाज

मापदण्ड विपरितका क्रसर बन्द

सुनकोसीमा सञ्चालित एक क्रसरले स्टक गरेर थुपारेको ढुङगा र बालुवा। तस्बिर अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको सुनकोसीमा सञ्चालित अवैध क्रसर बन्द भएका छन्। अत्याधिक सुनकोसी दोहन गरी लामो समयदेखि सञ्चालन हुँदै आएका दर्जनबढी क्रसर बन्द भएका हुन्।

यहाँको सुनकोसी नदीमा पछिल्लो समय अत्याधिक दोहन हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले क्रसरलाई छानविन गर्न भन्दै कागजपत्र समेत मगाएको व्यवसायीहरूले बताएका छन्। प्रशासनले सुनकोसी गाउँपालिकामा सञ्चालन भएका अधिकांश क्रसर तत्कालका लागि बन्द गरेको जनाएको छ।

व्यवसायीहरूले धमाधम क्रसर उद्योग सञ्चालन गर्दै उक्त उद्योगका लागि बालुवा ढुंगा जथाभावी उत्खनन गरी दोहन गर्न थालेपछि सोही स्थानका केही स्थानीयले पटक पटक विरोध गर्दै अख्तियार कार्यालयमा समेत छानविन गर्न माग गर्दै उजुरी दर्ता गराएका थिए। तर लामो समयसम्म सुनुवाई नभई दोहन गर्दै आएका व्यवसायीले जथाभावी दोहन गर्न थालेपछि क्रसर बन्द गरेको हो।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले भने,‘मापदण्ड विपरितका सबै बन्द छन्। यहाँको गोलञ्जोर गाउँपालिकाको खुर्कोट नजिकैको सुनकोसी नदी देखि सुनकोसी गाउँपालिकाको विभिन्न स्थानबाट जथाभावी उत्खनन भएको थियो। स्थानीय जनप्रतिनिधिकै नातागोता तथा नजिकका व्यक्तिहरूबाट सुनकोसीको दोहन भएको स्थानीय कपिल कोइरालाले बताए।

नदीमा जथाभावी ठुला खाल्डा पार्ने तथा नदीको धारनै परिवर्तन हुने गरी जथाभावी उत्खनन् गर्दा नदीको सुन्दरता खुम्चदै गएको छ। सुनकोसी नदीमा सिन्धुली र रामेछापका व्यवसायीहरूले मनपरी ढंगबाट जथाभावी डोजर चलाई उत्खनन् गरेका छन्। स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएको एक वर्षमै सुनकोसी तहसनहस भएको स्थानीय स्वयम् बताउछन्।

प्रकाशित: २५ जेष्ठ २०७५ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App