coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै

सर्लाही – २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कारको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) हुने खेलमा भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुँदैछ। खेल दिउँसो ३ः३० पछि सुरु हुनेछ। आजको खेल प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा थ्री स्टार, नेपाल पुलिस, एपीएफ, जावलाखेल, युनाईटेड सिक्कीम, झापा–११, गोर्खा ब्वाईज रुपन्देही, कास्की–११, बिजय युथ क्लब हेटौंडा र आयोजक सर्लाही–११ समेत १० वटा टिमले भाग लिएका छन्। यसअघि हिजो भएको उद्घाटन खेलमा जावलाखेलसँग पराजित हुँदै सर्लाही भने उपाधी होडबाट बाहिरिएको छ।

असार २ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २५ जेष्ठ २०७५ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App