coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागमती सफाइः मुख्य सचिवसहितको टोलीले निकाल्यो ११ मेट्रिक टन फोहर

बागमती सफाइका लागि शनिबार जुटेका सुरक्षाकर्मी।

काठमाडौँ-बागमती सफाइ महाअभियानको १७३ औँ हप्तामा टेकु पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरी शनिबार ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

निजामती कर्मचारी दिवसको उपलक्ष्यमा शनिबारको सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा ५०० कर्मचारीको सहभागिता थियो । पूर्व मुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाइ सचिव डा सञ्जय शर्मा, पूर्व सचिव सुरेशप्रकाश आचार्य, जयमुकुन्द खनाल, माधव रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायत विभागीय प्रमुखको सफाइमा सक्रियता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले जानकारी दिए ।

सफाइका क्रममा मुख्यसचिव सुवेदी नेतृत्वको समूहले टेकुवरपरका घर घरमा छिरेर नदीमा फोहर नफालौँ, फाल्नेलाई कारबाहीका लागि नजिकको प्रहरी अथवा काठमाडौँ महानगरपालिकालाई खबर गरौँ, बागमती सफाइमा सबै सहभागी बनौँ भनी जनचेतनामूलक अभियान समेत सञ्चालन गरेका थिए ।
सफाइमा बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मल्पी एकेडेमीलगायत सङ्घ संस्थाका गरी एक हजार भन्दा बढी मानिस जुटेका थिए ।

यसैगरी रुद्रमती सफाइको १३२ औँ हप्तामा ज्ञानेश्वरदेखि गौशालासम्म सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । विष्णुमती सफाइको १०८ औँ हप्तामा बालाजु पुल आसपास सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।

सफाइमा गुरु नानक मठ, जागृति युवा क्लब, लायन्स क्लब, नेप्से म्याक प्रालीलगायत संस्थाको सहभागिता थियो । नख्खु खोला सफाइ गर्दै आएको नख्खु खोला सरोकार समितिले आज कार्यविनायक नगरपालिकामा जनचेतनामूलक जागरण अभियान सञ्चालन गरेको संयोजक बलु पाण्डेले बताए ।

बागमती समितिले कोटेश्वर महादेव मन्दिर आसपासको बागमती नदी किनारमा आज कपूर, बेल, निमलगायत जातका १०० वृक्ष रोपण गरेको छ । वृक्ष रोपणमा पूर्वमन्त्री अग्नि खरेल लगायत स्थानीयवासीको सक्रियता रहेको आयोजना प्रमुख सिंहले बताए ।

काठमाडाैं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेशप्रसाद खत्रिको नेतृत्वमा ५० भन्दाबढी कर्मचारी पनि सरसफाइमा सहभागि थिए।

गुह्येश्वरमाथिको बागमती नदी किनारमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकालबारी टोल सुधार समितिलगायतका संस्थाले सफाइ गरेका छन् । रासस

बागमती सफाइका लागि शनिबार जुटेका सुरक्षाकर्मी।
बागमती सफाइका लागि शनिबार जुटेका सुरक्षाकर्मी।
बागमती सफाइका लागि शनिबार जुटेका सुरक्षाकर्मी।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App