अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

शुक्रबार, २५ जेठ २०७५, १२ : १५ मुक्तिप्रसाद न्यौपाने

पाल्पा – अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

रुपन्देही र पाल्पाको सीमा क्षेत्र सिद्धबाबा मन्दिर नजिकै ढुङ्गासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। जेसिभिको सहायताले सडक एकातर्फी खुला गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहयाक निरिक्षक भुवनबहादुर थापाले बताए। दुई तर्फी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ। वर्षा नलाग्दै परेको पानीले यसअघि पनि पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। यसैगरी तानसेन नगरपालिका–८, भालेबासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। उक्त पहिरो हटाई सकिएको छ।

सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्खाखाँची, स्याङ्जा, पोखरा लगायतका स्थानमा जान लागेका यात्रु अलपत्र परेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad