७ वैशाख २०८१ शुक्रबार
राजनीति

विवादीत नियमावली आज टेवल गरिदै

काठमाडौं – शुक्रवार अपरान्ह बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावलीकाे मस्यौदा पेश गर्ने कार्यसूची छ।

दलहरुबीच सहमति हुन नसकेपछि पटक–पटक कार्यसूचीबाट सर्दै आएको प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज संसद बैठकमा पेश गर्न लागिएको हो।

नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले मस्यौदा प्रतिवेदन पेश गरेपछि प्रतिनिधि सभामा दफाबार छलफल सुरु हुनेछ। त्यसपछि स‌शोधन प्रस्तावहरुलाई क्रमश निर्णयार्थ पेश गरेर नियमावलीको टुंगो लगाउने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ।

यसअघि नियमावलीमा सहमति जुटाउन सभामुख कृष्णबहादुर महराले दुईपटक सर्वदलीय बैठक बोलाए पनि सहमति जुटाउन सकेनन् । फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुने वा नहुने विषयको विवादले नियमावली निर्माण हुने सकेको छैन। साथै संसदीय समितिहरुको संख्यामा समेत विवाद रहेको छ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App