coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फस्र्टलुकमा ‘तिमी हुन्छौ जहाँ जहाँ’

काठमाडौं – आगामी असार ८ गते रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’का दुई फस्र्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्र्टलुकमध्ये एकमा नायक मनिष सुन्दर श्रेष्ठ र नायिका मलिना जोशीबीचको प्रेम तथा नायक स्वरुपपुरुष ढकालको वियोग देखाइएको छ। त्यस्तै अर्कोमा मनिष सुन्दर र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रवि गिरी र स्वरुपपुरुष ढकाललाई बाधकका रुपमा प्रस्तुत गरिएको छ।

विकास बस्यालको निर्देशन रहेको फिल्ममा मनिषसुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रवी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतको अभिनय छ। फिल्ममा नायिका वर्षा शिवाकोटी विशेष भूमिकामा छिन्। प्रेमकथामा आधारित फिल्ममा मदन दवाडी, प्रकाश बास्कोटा, दालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीको लगानी छ। फिल्ममा रामशरण उप्रेतीको छायांकन, कविराज गहतराजको नृत्य र अर्जुन पोखरेलको संगीत  छ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App