coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल बैंककाे शाखा लुट्ने प्रयास असफल

प्युठान– नेपाल बैंक लिमिटेडकाे प्युठान शाखा लुट्ने प्रयास असफल भएको छ।

बैंकका चौकीदारलाई स्प्रे छर्केर बेहोस बनाई बैंक लुट्ने लुटेरा समुहकाे प्रयास असफल भएकाे हाे। कार्यालय समय सकिएपछि आफ्नो मोबाइल छुटेको बहाना बनाउँदै लुटेराहरू बैंकमा छिरेका थिए। 

लुटेराले छिटेकाे स्प्रेले चौकीदारलाई बेहोस बनाउन नसकेपछि तत्काल भागेका थिए। शुक्रबार राति भएकाे घटनामा लुटेराले ८ थान हेक्जा ब्लेड, ४ थान हातमा लगाइने पञ्जालगायत बैंक लुट्नका लागि प्रयोग हुने सामग्रीसहितको झोला बैंकमै छाडेर फरार भएका छन्। चौकीदारले आफूमाथि एक्कासि आक्रमण भएकाले लुटेराको पहिचान गर्न नसकिएको बताएका छन्।

नेबैलि प्युठान शाखाका प्रमुख विभागको तालिमका लागि भन्दै जिल्ला बाहिर रहेका छन्। त्यस्तै निमित्त कार्यालय प्रमुख पनि कार्यालय समयपछि घर गएका समयमा बैंक लुट्ने प्रयास भएको हो। बैंक लुट्नका लागि प्रयोग भएका सामानले गर्दा शृङ्खलाबद्ध तरिकाले बैंक लुट्न खोजिएको जस्तो देखिएको छ।

बैंक लुट्ने प्रयास गर्नेमा कम्तीमा चारदेखि १० जनासम्मको संलग्न रहेको हुन सक्ने अनुमान गरिएको छ। रासस

प्रकाशित: १८ भाद्र २०७३ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App