coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेदरल्यान्ड्सकी महारानीकी बहिनी मृत फेला

नेदरल्यान्ड्सकी महारानी म्याक्सिमाकी बहिनी इनेस जोर्रेगुइटा। फाइल तस्बिर : एजेन्सी

लन्डन – नेदरल्यान्ड्सकी महारानी म्याक्सिमाकी बहिनी अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित आफ्नै घरमा मृत फेला परेको रिपोर्ट सार्वजिनक भएको छ।

महारानी म्याक्सिमाकी ३३ वर्षीय बहिनी इनेस जोर्रेगुइटाले आत्महत्या गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। जोर्रेगुइटा महारानी म्याक्सिमाकी ११ वर्षीया छोरी राजकुमारी एरिनकी धाइआमासमेत रहेकी थिइन्। अर्जेन्टिनाकी रैथाने महारानी म्याक्सिमाले तत्कालीन डच युवराज विल्लेम–एलेक्सजेन्डरसँग सन् २००२ मा विवाह गरेकी थिइन् । उनीहरुको हाल तीन जना सन्तान रहेका छन्। आफ्नी बहिनीको मृत्युको खबरले महारानी म्याक्सिमा गहिरो चोट पुगेको डच पत्रिका ‘दी भोल्क्सक्रान्त’लाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्राप्त विवरणअनुसार महारानी म्याक्सिमाकी बहिनी इनेस जोर्रेगुइटा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा सरकारी सेवामा कार्यरत रहेकी थिइन्। उनी ड्रिपेसनको विरामी रहेको समेत बताइएको छ। महारानी म्याक्सिमा र उनकी बहिनी जोर्रेगुइटाका पिता गोर्ज जोर्रेगुइटाको गत वर्ष मृत्यु भएको थियो। अर्जेन्टिनाको क्रुर सैनिक तानाशाहका बेला गोर्जले देशको कृषिमन्त्रीको भूमिका निर्वाह गरेका थिए। तानाशाही शासनका बेला मन्त्री रहेका व्यक्तिका छोरी नेदरल्यान्ड्सको युवराजे विवाह गर्न लागेको भन्दै सन् २००२ ताका केही विवाद भएको थियो। गोर्जकी छोरी म्याक्सिमाले युवराजसँग विवाह गर्नुअघि यस विषयले डच संसद्मा समेत प्रवेश पाएको थियो।

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App