coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पराजित भए पनि एपिएफ समूहविजेता

काठमाडौं – विभागीय टोली एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै शिवम् न्यु डायमन्ड एकेडेमी राजधानीमा जारी आरबिबी चौथो क्लब लिग राष्ट्रिय महिला भलिबलमा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

लिग चरणको अन्तिमा खेलमा विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २५–१६, २५–२०, १७–२५, २५–१६ को सेटमा पराजित गरेसँगै प्रतियोगितामा सेमिफाइलन समीकरण पूरा भएको छ।

लिग चरणका खेलमा दुवै टोलीले समान १२–१२ अंक बटुले पनि स्कोरको आधारमा एपिएफ समूहविजेता बनेको हो । उपविजेता न्यु डायमन्ड दोस्रो स्थानमा अटाउँदा नेपाल पुलिस १० अंकसहित तेस्रो ८ अंक जोडेको त्रिभुवन आर्मी चौथो स्थानमा रहे।

यसअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न लिग खेलमा चितवनको पद्मोदय युवा क्लवमाथि न्यु डायमन्डले २५–९, २५–७, २५–१९ को सहज जित निकाल्न सफल भएको थियो । बिहीबारै एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–६, २५–१०, २५–१० को जित निकालेको थियो । निकै प्रतिस्पर्धात्मक अर्को खेलमा विभागीय टोली आर्मीले पुलिसलाई ३–२ को सेटमा पराजित गर्याे।

पहिलो सेट २५–१५ ले जितेको पुलिस, दोस्रो र तेस्रो सेटमा आर्मीसँग क्रमशः २०–२५ र १०–२५ ले पछि परेको थियो । चौथो सेटमा पुनरागमन गर्दै पुलिसले २५–२२ सेट हात पारे पनि अन्तिम सेट १२–१५ ले गुमाएको थियो।

प्रतियोगितामा शुक्रबार समूहको शीर्ष स्थानमा रहेको एपिएफले चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब तथा दोस्रो स्थानमा रहेको न्यु डायमन्डले तेस्रो स्थानमा रहेको पुलिससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

६ टोली सम्मिलित प्रतियोगितामा जावलाखेल युथ क्लब र चितवनको पद्मोदय युवा क्लब लिगका सबै खेलमा पराजित हुँदै बाहिरिएका थिए।

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App