८ वैशाख २०८१ शनिबार
अन्य

विद्यालयमा ‘स्टोनवर्क प्ले’को अभ्यास

कक्षाकोठामा शिक्षकले पढाइका लागि के लिएर जालान् ? धेरैको उतर हुनसक्छ– मार्कर, किताव, कापी वा कार्वन पेपर । योभन्दा बढी लिए भने ल्यापटप, प्रोजेक्टर मेसिन अथवा अरु केही । भक्तपुरको एक स्कुलमा भने ‘स्टोनवर्क प्ले’ (स–साना ढुंगाले पढाइ गर्न सक्ने)बारे अभ्यास गरिएको छ । भक्तपुरको एभरेस्ट इंगलिस स्कुल मिवाछेंका चार दर्जन शिक्षकले बिहीबार यस्तो अभ्यास गरेका हुन्।

शिक्षकहरूले एउटा कचौरामा स–साना ढुंगा लिए । र, आफ्नो रुचि तथा क्षमता अनुसार ढुंगाबाट आकृति बनाए । कसैले घर बनाए त कसैले बगैचाको आकार दिए । अन्त्यमा सबैले आफूले बनाएका आकृतिको व्याख्या गरे ।
शिक्षण सिकाइ प्रभावकारी गर्न ‘स्टोनवर्क प्ले’ अभ्यास गरेको स्कुलले जनाएको छ । कलाका माध्यमबाट सिकाउँदा सिकाइ बढी प्रभावकारी हुने स्कुलको दाबी छ ।

शिक्षकहरूले एउटा कचौरामा स–साना ढुंगा लिए । र, आफ्नो रुचि तथा क्षमता अनुसार ढुंगाबाट आकृति बनाए । कसैले घर बनाए त कसैले बगैचाको आकार दिए । अन्त्यमा सबैले आफूले बनाएका आकृतिको व्याख्या गरे ।
 

विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले शिक्षण सिकाइ प्रभावकारी बनाउन यो अभ्यास गराएको जानकारी दिए । ‘नयाँ प्रविधि खोज्ने क्रममा यो विधिबारे जानकारी पाएपछि अभ्यास गरेका हौं,’ उनले भने, ‘अब कक्षाकोठामा पनि यो अभ्यास लागू गर्नेछौं ।’ यो विधि लागू भएपछि विद्यार्थीलाई धेरै फाइदा हुने उनको विश्वास छ । स्थानीय स्तरमा ढुंगा सहजै पाइने भएकाले यो अभ्यास सहयोगीसिद्ध हुने उनले बताए।

कार्यक्रममा लागि स्टोनवर्क प्लेकी विशेषज्ञ अमेरिकाकी डा. डायना सुस्कनले विशेष सहयोग गरेको स्कुलले जनाएको छ । यो कलाबाट शब्दले अभिव्यक्त गर्न नसक्ने गरी बृहत अर्थ लगाउन मिल्नु, आफैं अभ्यास गर्न लगाउनु, आफनो इच्छा र क्षमता अनुसार आकार दिई कथा बनाउन सक्नुलगायत विशेष विशेषता रहेको उनले सुनाइन् । कार्यक्रम सुरु हुनुअगाडि उनले आफैंले बनाएको एक किसिमको शिक्षण समागमबारे जानकारी दिएकी थिइन् । साथै शिक्षकहरूलाई ‘प्लेइङ विथ स्टोन : फाइभ स्टेप्स् टु मिनिङफुल इन्गेजमेन्ट’ शीषर्कमा लेखिएको खेल तरिकाबारे दुई पृष्ठको लिखित जानकारी वितरण गरिएको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App