७ वैशाख २०८१ शुक्रबार
समाज

दाङमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३२ घाइते

लमही अस्पतालमा दुर्घटनाका घाइतेहरु। तस्बिरः नागरिक

दाङ – दाङमा शुक्रबार विहान रात्रीबस दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको नां. ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनीयामा दुर्घटना भएको हो। दुर्घटनामा परि भारत लक्ष्मीपुरका ५ वर्षीया मुरबी मोहम्मदको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ। बस नालामा खसेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक रबीन्द्रराज पाण्डेले जानकारी दिएका छन्। प्रहरीका अनुसार चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App