विश्व रक्तदाता दिवस मनाइने

शुक्रबार, २५ जेठ २०७५, ०८ : ५१ नागरिक

काठमाडौं – ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले सप्ताहव्यापी विश्व रक्तदाता दिवस मनाउने भएको छ। सम्मेलनमा स्वयम्सेवी रक्तदानमा ब्लोदान र ब्लोदानको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै ब्लोदानका महासचिव ई. सानुबाबु प्रजापतिले मानिस रगतबिना बाच्न नसक्ने र उपचारका क्रममा रगत आवश्यक पर्ने मानिसलाई मानिसकै रगतबाहेक अरुले बचाउन नसक्ने हुनाले रक्तदानको धेरै महत्व रहेको बताए। उनले ब्लोदानले रक्तदान गर्ने संस्थालाई निरन्तरता दिन विशेष पहल गर्ने, सबै सरोकार निकायको सहभागितामा समय समयमा अन्तक्र्रिया र समन्वय गर्ने, रक्तदान सम्बनधी उत्प्रेरणा प्रदान गर्नुपर्ने, रक्तदाताहरुलाई आकर्षित गर्न नेपाल सरकारबाट विशेष कार्यक्रमहरु आयोजना गर्नुपर्ने, शल्यक्रिया गरिने अस्पतालहरुले पनि रक्तदानका लागि विशेष पहल गर्नुपर्ने आजको आवश्यकता भएको औंल्याए।

ब्लोदानका केन्द्रीय कार्यबहाक अध्यक्ष रमेशध्वज बस्नेतले स्वागत गर्नुभएको सम्मेलनमा उहाँले २०७५ सालमा सोधभर्नाबिना रगत उपलब्ध गराउन आफूहरु सफल भएता पनि त्यसपछिका वर्षहरुमा भने रगतको माग बढ्नु र रक्तदान गर्नेको संख्या कम हुनुले सो पूरा हुन नसकेको बताए।

ब्लोदानका कोषाध्यक्ष मचाकाजी महर्जनले संस्थाको सप्ताहव्यापी कार्यक्रम प्रस्तुत गरेका थिए भने अर्का वक्ता श्रीकृष्ण सिंखडाले ब्लोदानले केन्द्रमा मात्र नभई रहेक नगर, गाउँ र वडा इकाइमा समेत शाखा विस्तार गरी रक्तदान सम्बन्धी जनचेतना जगाउनु पर्नेमा जोड दिए। कार्यक्रमका संस्थाका संस्थापक सदस्य अर्जुनप्रसाद मैनालीले आफूले १ सय ६३ पटक रक्तदान गरिसकेको बताउँदै हाल दैनिक ४ सय ५० प्वाइन्ट रगत माग भइरहेको तर दैनिक १०० प्वाइन्ट मात्र आपूर्ति भइरहेकोले सोधभर्नाको विकल्प नभएको हुँदा सबैलाई रक्तदानमा सहभागी हुन अपील गरे।

स्वास्थ्यकर्मी संघको रक्तदान
काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघको २७ औं स्थापना दिवसको उपलक्षमा संघले रक्तदान कार्यक्रम गरेको छ। बिहीबार वीर अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा ८१ जना स्वास्थ्यकर्मी एवं कर्मचारीले रक्तदान गरेका थिए। संघको केन्द्रीय समितिले र वीर अस्पताल एकाईको सयुंक्त आयोजनामा खुला रक्तदान कार्यकम आयोजना गरिएको थियो। उपत्यकामा रगतको अभाव भएको भन्दै संघले यस्तो कार्यक्रम आयोजना गरेको संघका महासचिव दीपक मुडभरीले बताए।





यसमा तपाईको मत

अन्य समाचार

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

Ncell Footer Ad