५ वैशाख २०८१ बुधबार
समाज

गंगामायाको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाडौं – वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले छोराको हत्याका आरोपीलाई कारबाही नहुँदासम्म आफूले केही नखाने बताएकी छन्। वीर अस्पतालको शड्ढयाबाट पत्रकारसँग कुरा गर्दै आफ्नो अनशन छोरा कृष्णप्रसादका हत्या आरोपीलाई कारबाहीका लागि भएको बताइन्। उनले अदालतमा विचाराधीन मुद्दा छिटो फैसला गर्न मागसमेत गरिन्।

१४ वर्षअघि जेठ २४ कै दिनमा गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादीले हत्या गरेका थिए। यससम्बन्धी मुद्दा चितवन जिल्ला अदालतमा चलिरहेको छ।

वीर अस्पतालले अनशनरत गंगामायाको स्वास्थ्यअवस्था बिग्रँदै गएको जनाएको छ। १० दिनअघि आमरण अनशनमा बसेको घोषणा गरेकी अधिकारीको अवस्था गम्भीर हुँदै गएको अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले पत्रमार्फत स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएका छन्। पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पठाइएको हो।

प्रकाशित: २५ जेष्ठ २०७५ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App