६ वैशाख २०८१ बिहीबार
अर्थ

जस्मिन पेन्ट्सको बम्पर उपहार वितरण

काठमाडौं – मनकामना ग्रुप अन्तर्गत प्रमुख उद्योग जस्मिन  पेन्टसले गत भदौदेखि माघ मसान्तसम्म सञ्चालन गरेको प्रवद्र्धन योजनाको बम्पर उपहार कार विजेतालाई हस्तान्तरण गरेको छ।

उद्योगले आफ्नो उत्पादन खरिद गर्ने उपभोक्ताका लागि ‘जस्मिन पेन्ट्सको बहार, बम्परमा कार उपहार’ योजना सञ्चालन गरेको थियो । जस अन्तर्गत कम्पनीले स्योरसट अफरमा घडी, सेल्फी स्टिक, राइस कुकर, छाता, मिक्सचर र मोबाइल, पावर बैंक जस्ता उपहार प्रदान गरेको जनाएको छ ।यस योजनामा ग्राहकलाई दिइएको कार्डको अर्धकट्टीको आधारमा लक्की ड्रमार्फत हरेक महिना एकजनालाई स्कुटर र बम्परमा कार प्रदान गर्ने घोषणा गरेका थियो।

योजना अन्तर्गत झापाकी अन्जु पौडेल, नवलपरासी कावासोतीका सन्तबहादुर थारु, नवलपरासीकै बर्दघाटका गोपाल दुबे, लेखनाथ पोखराकी रचना भुजेल र ठाकुरबाबा बर्दियाका  इन्दिरा कुमारी थारुले एक–एक थान स्कुटर प्राप्त गरेको कम्पनीद्वारा जारी विज्ञप्तिीमा उल्लेख छ ।कम्पनीका अनुसार गत वैशाख ३ गते एक टेलिभिजनबाट सञ्चालित ‘म्युजिक अफ योर च्वाइस’मा भएको लक्की ड्रको बम्पर कार टोखाका घमन मगरले पाएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App