coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२३ किलो अफिमसहित २ पक्राउ

रुकुम– २३ किलो अवैध लागुऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मुमिकोट नगरपालिका–१ सल्ले बस्ने ३५ वर्षीय रामु घर्ती र रन्मामैकोट–८ का ३७ वर्षीय पूर्णबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा मुसिकोट नगरपालिका– १ त्रिवेणी बजारबाट उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत वर्ष प्रहरीले अफिम नष्ट गर्ने अभियानसमेत सञ्चालन गरेको थियो।

 

प्रकाशित: १८ भाद्र २०७३ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App