coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिँचाई शुल्कको विवादमा हत्या

बारा– खेतमा पम्पिङ सेटले गरिएको सिँचाई शुल्कको बिषयमा बिवाद हुँदा सितरपुरमा एक जनाको हत्या भएको छ।

कलैया उपमहानगरपालिका १२ सितलपुरमा सिँचाईको शुल्क दिने र लिने पक्षबीच बुधबार बेलुका झडप हुँदा एक ज्यान गएको बारा प्रहरीले जनाएको छ।

चैते धान बाली लगाएको खेतमा पम्पीङसेटबाट भाडामा सिँचाई गराएका मैनेजर साहको हत्या भएको बारा प्रहरीले जनाएको छ। मृतक साहको खेतमा भाडामा पम्पीङसेट चलाएका स्थानीय मखन साह कानुसँग समान्य बिवाद भएको थियो।

दुबैसँग भाडाको बिषयमा बिवाद हुँदा मखनका छोरा दिपक साहले मृतक मैनेजर साहको टाउँकोमा दाउराले हिर्काएका थिए। दाउरा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका ६५ वर्षिय मैनेजरको उपचारका क्रममा ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रन्जित सिँह राठौरले भने– ‘दाउरा प्रहारबाट गम्भीर घाइते मैनेजरलाई छिमेकी र आफन्तको सहयोगमा उपचारको लागि कलैया अस्पताल पु¥याइयो थियो। कलैयामा प्राथमिक उपचार गरी थप उपचारको लागि वीरगन्ज लगियो, वीरगन्जमा पनि उपचार हुन नसके पनि घाइतेलाई काठमाडौको न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बिहीबार काठमाडौंमा उनको मृत्यु भयो।’

घटनापछि मख्खन साह, छोरा दिपक र परिवारका अधिकांश सदस्य घर छाडेर फरार भएका छन्। घटनामा संलग्नहरु फरार रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको डीएसपी राठौरले बताए। 

उनका अनुसार खेतमा सिँचाई गरेवाफतको मध्ये दुई÷तीन सय रुपैयाँ लेनदेनको विषयमा दुबै पक्षबीच सामान्य वाद विवादले  उग्र रुप लिँदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: २४ जेष्ठ २०७५ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App