८ वैशाख २०८१ शनिबार
राजनीति

एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ-गृहमन्त्री रामबहादुर थापाले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन्।

लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको विहिवारको बैठकमा गृहमन्त्री थापाले समयसिमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।
गृहमन्त्री थापाले भने, “अहिले लागुऔषधको प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढीरहेको रिपोर्ट आएको छ , हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।”
लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्ण रुपमा निषेध हुने गरी कार्ययोजना बनाउन थापाले निर्देशन दिए ।

चिकित्सकको सिफारिसबिना औषधी बेच्ने स्वास्थ्यसंस्था र औषधी पसलहरुलाई ईजाजतपत्र रद्ध गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने गृहमन्त्री थापाको भनाई छ ।

प्रकाशित: २४ जेष्ठ २०७५ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App