coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार बुँदे सहमतिमा छुटे निर्माण व्यवसायी

सिन्धुपाल्चोक- लामोसाँघु-जिरी सडक खण्ड कालोपत्रे तथा स्त्तरोन्नतिमा ढिलाई गरेको आरोपमा पक्राउ परेका निर्माण व्यवसायी धर्मराज भण्डारी कामलाई तीव्रता दिने चार बुँदे लिखित प्रतिवद्धतापछि छुटेका छन्।

सडक कालोपत्रे तथा स्त्तरोन्नतिमा ढिलाइ गरेपछि निर्माण व्यवसायी संघका पूर्वकेन्द्रीय सदस्य रहेका भण्डारी स्थानीय प्रशासनको निर्देशनमा बुधबार पक्राउ परेका थिए। बिहीबार जिल्ला प्रशासन कार्यालय, लामोसाँघु–जिरी सडक योजना प्रमुख, सम्वद्ध निर्माण व्यवसायी तथा परामर्शतादा कम्पनीका प्रतिनिधिको रोहबरमा लिखित प्रतिवद्धता जाहेर गर्दै उनी छुटेका हुन्।

अरनिको राजमार्गको खाडिचौरदेखि जिरीसम्मको १ सय १० किमी लामो यो सडकखण्ड तीन वर्षदेखि स्त्तरोन्नति तथा कालोपत्रे भइरहेको छ। खाडिचौरदेखि मुडेसम्मको २५ किमी खण्डमा भण्डारी स्वामित्वको सुनौला खिम्ति कन्ट्रक्सनसहितको संयूक्त निर्माण व्यवसायी कम्पनीले काम गर्दै आएको छ। भण्डारी सुनौला खिम्तिका सञ्चालक हुन्।

प्रकाशित: २४ जेष्ठ २०७५ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App