coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ – बुधबार बढेको शेयर बजार बिहीबार भने २५.६८ अंकले घटेको छ। 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर १ हजार २५७.०७ बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ। 

आज कूल १६६ कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता शेयर ४६ करोड ८५ लाख ६० हजार ३४९ मूल्यमा खरिद बिक्री भएका छन्। स्टकका अनुसार बैंकिङ २०.७५, होटल ३९.३९, विकास बैंक २४.४५, जलविद्युत् ३५.५९, वित्त क्षेत्र ५.६६, बीमा १७४.७६, उत्पादन १६.८, अन्य १४.७८ र माइक्रोफाइनान्स ३५.५४ बिन्दुले घटेको छ। 

लगानीकर्ताको आन्दोलनका कारण मंगलबार एक कित्ता पनि शेयर कारोवार हुन सकेन। बुधबार सरकार र लगानीकर्ताबीच सहमति भएपछि अपराह्न एक बजेदेखि बजार खुलेको थियो। बजार खुलेलगत्तै करीब १८ अंकले बढेको थियो।  (रासस)

 

प्रकाशित: २४ जेष्ठ २०७५ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App