८ वैशाख २०८१ शनिबार
समाज

बैतडीमा काम नगर्ने ठेकेदारको नाम मन्त्रालय पठाइयो

बैतडी – बैतडीमा काम नगर्ने ठेकेदार कम्पनीको नाम गृह मन्त्रालयमा पठाइको छ। जिल्ला प्रशासन कार्यालयले विकास निर्माणका काम समयमै नसक्ने २२ कम्पनीको नाम गृह मन्त्रालयमा पठाएको हो।  समयमै निर्माण नसक्ने र लापरवाही गर्ने निर्माण कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

एमके कन्सट्रक्सन बह्रमतोला बाजुरा, श्रीराम निर्माण सेवा कञ्चनपुर, इन्द्र निर्माण सेवा बैतडी, रफिना एण्ड कन्स कम्पनी काठमाडौं, महारुद्र निर्माण सेवा बैतडी, एसके निर्माण सेवा बैतडी, कैलाश कन्सट्रक्सन बैतडी, रणवीर निर्माण सेवा बैतडी, ओएसिसयस इन्जिनियर्स एण्ड बिल्डर्स काठमाडौं, चाँदनी कन्सट्रक्सन डडेल्धुरा, र एडभेन्चर कन्सट्रक्सन भरतपुरको नाम मन्त्रालयमा पठाइएको छ।

यस्तै शंकर माली अकेला जेभी, चक्र निर्माण सेवा, लोहनी एण्ड ब्रदर्श जागृति जेभी, पीएस कन्सट्रक्सन डोटी, सित्तडी कन्सट्रक्सन महेन्द्रनगर, कृष्ण निर्माण सेवा, श्रीकेदार निर्माण सेवा, एमके कन्सट्रक्सन प्रालि, गाल्वा निर्माण सेवा प्रालि, शाह निर्माण सेवा र सुप निर्माण सेवा प्रालि, लोहनी एण्ड ब्रदर्श–जागृति जेभी गजुरमुखी, जुद्ध एण्ड पूर्ण जेभी  पियस कन्सट्रक्सन, डोटी, सित्तडी कन्सट्रक्सन, महेन्द्रनगर यू श्रीकेदार निर्माण सेवा, कृष्ण निर्माण सेवाको नाम मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए। 

निर्माण गरिरहेका २९ योजनाको म्याद पटकपटक थपेर पनि नसकेका कारण प्रशासनले मन्त्रालयको पठाएको सूचीमा उल्लेख गरिएको छ।

एउटै निर्माण कम्पनीले धेरै ठाउँमा ठेक्का लिने गरेकाले आयोजना समयमै पुरा गर्न सकेका छैनन्। सडक निर्माणका काम, पुल पुलेसा, स्वास्थ्य चौकी भवन निर्माणको काममा ठेकेदारले लापरवाही गरिएको देखिएको छ। तोकिएको समय पुरा हुँदा पनि थोरै काम मात्र सक्ने निर्माण कम्पनीलाई विशेष निगरानीमा राखिएको र त्यस्ता ठेकेदारलाई स्थानीय प्रशासन र केन्द्रको निर्देशन अनुसार कारबाही गरिने बताइएको छ।

प्रकाशित: २४ जेष्ठ २०७५ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App