७ वैशाख २०८१ शुक्रबार
समाज

जीप दुर्घटनामा एकै ठाउँका दुईको मृत्यु, दुई गम्भीर घाइते

खोटाङ – ओखलढुंगामा भएको जीप दुर्घटनामा दुईको मृत्यु भएको छ। काठमाडौंबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ४९५० नम्बरको बोलेरा जीप बिहीबार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा पल्टिँदा ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ मुलखर्कका अन्दाजी ४० वर्षका सिंग तामाङ र ३५ वर्षीया कैलीमायाँ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

हर्कपुर प्रहरी चेक पोष्ट भन्दा केही अघि रहेको भँडारे खोला पार गरे लगत्तै सडकबाट जीप भीरमा खस्दा दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो। 

जीपमा सवार सुनकोशी गाउँपालिका–५ मुलखर्कका २२ वर्षीय लोकेन्द्र तामाङ र चालक लालबहादुर तामाङ गम्भिर घाईते भएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइलेलाई भीरमा अड्किएको अवस्थामा उद्धार गरिएको दिक्तेल–काठमाडौं सडकमा सञ्चालन हुने जीपका चालक किरण श्रेष्ठले बताए।

‘दुर्घटनामा परेको जीप हामीभन्दा अगाडि थियो, दुर्घट्ना हुनेवित्तिकै हामी आइपुग्यौँ,’ श्रेष्ठले भने, ‘दुई जनाको मृत्यु भइसकेको थियो। एउटा मृतक गाडीभित्रै थिए। एउटा घाइतेलाई भीरमा अड्किएको ठाउँबाट सडकमा निकाल्यौँ।’  ब्रेक फेल हुँदा जीपदुर्घटना भएको अनुमान गरिएको छ। बोलेरो जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। 

प्रकाशित: २४ जेष्ठ २०७५ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App