७ वैशाख २०८१ शुक्रबार
राजनीति

महाकालीमा पुल निर्माणको बोलपत्र पाँच महिनाभित्रै

भीमदत्तनगर-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालिने हुने बताएका छन्।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले निर्माण हुने पुलको विस्तृत परियोजना प्रतिवेदन नेपालका तर्फबाट तयार भई भारतीय सरकारलाई बुझाउने लगायतका प्रक्रिया जारी रहेको बताए। “पुल बने नेपाल–भारतबीचको आर्थिक समृद्धिको सेतु बन्न सक्छ”, उनले भने, “यसले देशकै आर्थिक उन्नतिमा सघाउ पुर्याउनेछ ।”

अर्काे प्रसङ्गमा उनले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट प्रतिपक्षमा रहेको नेकपा (एमाले) पनि राजी हुने विश्वास व्यक्त गरे। “संविधान संशोधनको विषयमा अहिले हामी छलफल चरणमा पुगेका छौँ ।”

नेपाली काँग्रेसका नेता समेत रहनुभएका मन्त्री लेखकले भनेन्-“संशोधनका लागि पहिला विषयवस्तु छनोट भए पनि राजनीतिक सहमति खोजिन्छ ।” त्यसका लागि प्रमुख प्रतिपक्षसहित सबै दलसँग छलफल र संवाद हुने उनको भनाइ थियो । रासस

प्रकाशित: १८ भाद्र २०७३ ०५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App