coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

वासिङ्टन -  यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प  र उत्तर कोरियाली नेता किम जाेग उनबीचकाे एेतिहासिक भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जान लागेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लागेका समाचार एजेन्सीहरूमा उल्रलेख गरिएकाे छ। उक्त एेतिहासिक भेटवार्ताको ६ दिनमात्र अगाडि अर्थात जुन ७ मा जापानी प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमणमा जानुलार्इ अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् ।जापानी प्रधानमन्त्री आबेको यस भ्रमणपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ। 

उक्त वार्ताको क्रममा विशेषगरी शिखर बैठकको बारेमा जापान र अमेरिकाको धारणा बुझ्ने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले  दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीको धारणा बुझ्न खोजेका हुन् ।अमेरिका र उत्तर कोरिया पनि पहिलो पटक यसरी वार्ताको टेबलमा बस्ने भनी आएको समाचारपछि जापानी प्रधानमन्त्रीले दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।

उता विकसित परिस्थिति बमोजिम नै अमेरिका र उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको जनाएका छन् । यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ ।यस वार्तालाई उत्तर र दक्षिण कोरियामात्र नभए विश्वले नै बडो चाखपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने देखिन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तालाई एक अभूतपूर्व बैठक भनेका छन्।

वार्ताका लागि उत्तर कोरिया पनि निकै सकारात्मक देखिएको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।उत्तर कोरियाली नेता किम जोग उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गरिसकेका छन्।

 

प्रकाशित: २४ जेष्ठ २०७५ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App