coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

नेपालकै पहिलाे कलेजको दयनीय अवस्था (भिडियो)

थिरालाल भुसाल

काठमाडौं– नेपालमा उच्च शिक्षा प्रारम्भ गरेको त्रिचन्द्र कलेज स्थापना भएको सय वर्ष पुगेको छ। तर यो ऐतिहासिक कलेजको भौतिक पूर्वाधार भने अहिले दयनीय बन्दै गएको छ।

वर्षौदेखि हजारौं विद्यार्थीलाई शिक्षाको ज्योति छर्दै आएको यो कलेजको घन्टाघरसहितको ऐतिहासिक भवन, पुस्तकालय, कक्षा कोठा र अन्य पूर्वाधार निकै दयनिय अवस्था देखिन्छ।

यो कलेजको अवस्था दयनीय हुनुमा कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र क्षमता भन्दा अधिक विद्यार्थी एवं उनीहरुको राजनीति मुख्य कारण हुन्। अहिले यो कलेजमा एघार हजार भन्दा धेरै विद्यार्थी अध्ययरत छन् भने १५० जना अध्यापक र १ सय ३२ कर्मचारी कार्यरत छन्।  
 

प्रकाशित: २४ जेष्ठ २०७५ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App