coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भ्रष्टाचार आरोपी खड्काद्वारा राजीनामा

काठमाडौं– इन्धन भण्डारणको जग्गा खरिदमा भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् ।

अनियमितता आरोप लागेका उनलाई सरकारले बर्खास्त गरेपछि अदालतको आदेशपछि उनी पुनः फर्किएका थिए । तर वाणिज्य तथा आपूर्ति मन्त्रालयले खड्कालाई जिम्मेवारीविहीन बनाएको थियो ।

लामो समय पदविहीन भएकाले मार्ग प्रसस्त गर्न राजीनामा दिएको खड्काले बताएका छन् । उनले आजै वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवमार्फत् मन्त्रिपररिषद्मा राजीनामा पेस गरेका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App