coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छाेरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

झापा- कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी छन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनले चार सन्तानलाई जन्म दिइसकेकी छन्।

सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उनी उमेर नहुँदै आमा बनिन् । त्यसमा पनि चार सन्तानलाई जन्म दिइसकेकी उनले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उनका चारै सन्तान छोरी हुनु ।

सीता त उदाहरण मात्रै हुनुहुन्छ । उनको जस्तै बाध्यता अन्यको पनि छ । मण्डल समुदायमा छोरीभन्दा छोराको चाहना बढी भएको स्वास्थ्य स्वयंसेविका सावित्रा बर्देवाले बताउँछिन् । “यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ”, उनले भनिन्, “त्यसले गर्दा पनि छोरीभन्दा छोराको चाहना बढी छ।”

छोराछोरी समान भन्ने कुरा व्यवहारमा लागू नहुँदा र छोरीलाई बोझ र छोरालाई भविष्यको पालनकर्ताको रुपमा हेरिनुले पनि महिला छोराकै लागि बढी सन्तान जन्माउन बाध्य भएको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं बताउँछिन्। रासस

प्रकाशित: २४ जेष्ठ २०७५ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App