coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

विराटनगर- मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ ।


धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो ।

गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App