८ वैशाख २०८१ शनिबार
अर्थ

टिभिएसको भोइस अफ नेपाल २०१८ मा साझेदारी

काठमाडौं– अन्तर्राष्ट्रिय टेलिभिजन गायन कार्यक्रम ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजकमा टिभिएस अपाचे आरटि रहेको छ । टिभिएस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कुटरको नेपालको लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्स प्रालिले हालै उक्त कार्यक्रमको मुख्य प्रायोजक बन्न साझेदारी गरेको हो।

टिभिएसले उसैले उत्कृष्ट दाबी गरेको मोटरसाइकल रेन्ज अपाचे आरटिआरलाई यस कार्यक्रमसँग आबद्ध गरेको जनाएको छ । द भोइस अफहोल्लयान्ड, नेदरल्यान्डमा मूल सिर्जना र प्रसारण भएको थियो । नेपालमा पहिलोपटक यो कार्यक्रम ‘भोइस अफ नेपाल’नाम गरेर प्रसारण हुने कम्पनीले जनाएको छ।

यो कार्यक्रम साउन पहिलो हप्तादेखि चार महिनासम्म लगातार चल्नेछ । पहिलो सिजनमा कुल ३० एपिसोडहरु टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् । जसमा चार राउन्डहरु ब्लाइन्ड अडिसन, ब्याटल राउन्ड, नकआउटस एन्ड ग्रान्ड फिनाले हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App