६ वैशाख २०८१ बिहीबार
कला

‘पहिलो प्रेम थाहा नपाइ अन्तिम पनि हुनसक्छ’

मुम्बई – उच्च घराना परिवारमा जन्म, अद्भुत सफलता, ब्रेकअप, सम्बन्धविच्छेद, क्यान्सर जस्तो ज्यान लिने रोग र त्यस्तो रोगसँग लड्दै एक योद्धाको जस्तै नयाँ जीवन जिउनु । अभिनेत्री मनीषा कोइरालाले आफ्नो जीवनमा यी सबै उतारचढाव देखेकी छन् । मनीषा यतिबेला अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सन्जु’लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनी सञ्जयकी आमा नरगिस दत्तको भूमिकामा देखिँदैछिन्।

हरेक सम्बन्धले तपाईलाई केही न केही सिकाएको छ । आफ्नो जिन्दगीमा ब्रेकअप र डिभोर्सबाट के सिक्नुभयो ?
अहिले म एउटा यस्तो बहादुर महिलासँग खाना खाएर आएकी छु  जो सम्बन्धको मामलामा दुर्भाग्यशाली थिइन् । उनले जिन्दगीमा धेरै धोका पाइन् । हामीबीच जब सम्बन्ध र त्यो डिभोर्सको प्रसंग निस्कियो त्यो बेला हामीबीच काममा दत्तचित्त हुनुपर्छ भन्ने चर्चा चल्यो । हामी महिलाले के बुझ्नुपर्छ भने सम्बन्धको कुनै ग्यारेन्टी हुँदैन।

म यही भन्छु कि यदि कसैले मेरो साँचोपन, मेरो प्रतिभा र प्रेमलाई चिन्न सकेन भने त्यो उसका लागि नोक्सानको कुरा हो । त्यसकारण म आफूलाई किन बिचरी सम्झिनु?
‘सञ्जु’मा तपाई सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिकामा हुनुहुन्छ । तपाईमा कुनै हिचकिचाहट या डर थियो ?
मलाई लाग्छ कि म आप्mनो करियर र जिन्दगीको सुन्दर क्षणमा छु । म आफ्नो मिड फोर्टीमा रमाइरहेको छु । मलाई जब यो भूमिकाको अफर आयो तब मलाई यही कुराको डर थियो कि म यो भूमिकालाई नरगिसजीको शैलीमा देखाउन सक्छु कि सक्दिन । किनकि अहिलेसम्म मानिसले नरगिसजीलाई बिर्सन सकेका छैनन् ।

उनका हरेक कुराहरु मानिसको दिमागमा छन् ।  मिल्दोजुल्दो गर्न सक्छु कि सक्दिन भन्ने कुरामा चिन्तित र नर्भस थिएँ । निर्देशकले यो कुरामा मलाई निकै सहयोग गरे । त्यसकारण मलाई लाग्छ कि एक राम्रो निर्देशक र टिमसँग काम गर्न पाउनु तपाईको प्रस्तुतिका लागि निकै आवश्यक कुरा हो  । नरगिस वरिष्ठ अभिनेत्री हुन् । मैले पर्दामा उनले गरेको बराबर एक प्रतिशत पनि काम देखाउन पाएँ भने आफूलाई भाग्यमानी सम्झिन्छु।

तपाईको समयमा ४० वर्ष पछि या विवाह पछि हिरोइनको करियर खत्तम हुन्छ भन्ने मान्यता थियो । आज उद्योगमा हिरोइनको स्थिति कति बद्लिएको छ ?
अहिले पूर्ण रुपमा बदलिसकेको त छैन तर केही न केही  बदलिएको छ । हामीलाई अझै पनि सम्हालिएर काम गर्नु परिरहेको छ किनकि कतै हामी टिपिकल आमाको भूमिकामा टाइपकास्ट त हुँदैनौं भन्ने डर छ । म यी सबै कुराबाट निकै डराउँछु किनकि यदि तपाईको विवाह भएको छ या ४० वर्षको उमेर कटिसकेको छ भने तपाईलाई टिपिकल आमाको भूमिकामा अभिनय गर्न दिइन्छ । यदि मलाई ‘सञ्जु’ या अन्य ठूलो व्यानरको फिल्ममा आमाको भूमिका दिइन्छ भने त्यो भूमिका म सहर्ष  स्वीकार्छु । तर टिपिकल आमाको भूमिका चाहिँ गर्न सक्दिन।

क्यान्सर जस्तो ज्यान जाने रोगलाई पराजित गरेर वास्तविक जीवनमा तपाई आफै एक योद्धा साबित हुनुभयो । यो मुस्किलको समयमा तपाईका लागि सबैभन्दा ठूलो सहारा के थियो ?
म यो कुरामा भाग्यशाली मान्छु कि मसँग एउटा यस्तो परिवार छ, जो मेरो ठूलो आधार थियो । क्यान्सर हुँदा म दिनरात रुन्थें । मेरो हिम्मत हाथ्र्यो । मलाई सम्झना छ कि एक पटक त म ठूलो डिप्रेसनमा थिएँ ।

क्यान्सरको समयमा मैले एउटा औषधि सेवन गर्थे, जसले ह्वाइट ब्लड सेल बनाउँथ्यो । त्यो समयमा मेरो प्लेटलेट काउन्ट्स निकै कम भएको थियो र म निकै कमजोर बनेको थिएँ । किमोथेरापीका कारण हड्डीमा निकै दुख्थ्यो । एकपटक मलाई यति पीडा भयो कि मैले आमालाई म यो अवस्थामा बाँच्न चाहन्न पनि भने । म रोएको बेला मेरो आमा पनि मसँगै रुनु हुन्थ्यो ।

उहाँ रुदारुदै ‘तिमी हाम्रो लागि पनि बाँच्नुपर्छ । आफैलाई सम्हाल । यदि तिमीलाई केही भयो भने हामीलाई कसले हेर्छ’ भन्नुभएको थियो । आमाको यो कुराले मलाई ठूलो हिम्मत दियो । जब म न्युर्योकमा आफ्नो क्यान्सरको उपचार गराइरहेको थिएँ, त्यो बेला मैले मेरो वरिपरी बसेका मान्छेहरु उदास, डिप्रेस र एक्लो देखें । त्यो माहौल निकै डरलाग्दो थियो ।

अमेरिकामा फेमिली सर्पोट सिस्टम छैन । त्यहाँ मानिस एक्लो हुन्छ । म कैयौंपटक जानेर बुझेर आफ्नो आँखामा चमक आएको अभिनय गर्थे । आफूलाई हिम्मतवाली देखाउने कोशिस गर्थे । मेरो त्यही अभिनय र आत्मविश्वासले मलाई हिम्मत दियो।

तपाई क्यान्सरसँग संघर्षरत महिलालाई के टिप्स दिन चाहनुहुन्छ ?
तपाईले आफ्नो इच्छाशक्तिलाई बलियो बनाइराख्नु पर्छ । तपाईले जिन्दगी निकै सुन्दर छ भन्ने कुरालाई सधैं बुझ्नुपर्छ । सत्य यो हो कि हामी सबै महिलामा कुनै पनि समस्याबाट पार पाउनका लागि अदम्य शक्ति हुन्छ ।

हामीले आफ्नो डिप्रेसन  दुःखलाई रुने समय दिनुपर्छ । यदि तपाईसँग रुने इच्छा छ भने धेरै रुनुहोस् । तर रोइसकेपछि जिन्दगी जितेको अनुभव गर्दै मुस्कुराउनुहोस् । त्यसले तपाईलाई उर्जा दिन्छ।

बलिउडकी सुन्दरी अभिनेत्रीका लागि क्यान्सरले शरीर र कपालमा पनि क्षति पुर्यायो । क्यान्सरले सुन्दरता मेटाउँदा निकै डरलाग्यो होला ?
साँच्चै त्यो क्षण निकै भयावह थियो । यो कुराले मलाई निकै तनाव दियो । मैले त्यो बेला मेरो रुपभन्दा पनि आत्मविश्वासलाई जरुरी ठानें । म धेरैपटक ऐना अगाडि उभिएर रोएको छु । तर पनि मलाई बाँच्नु छ भन्दै धैर्य गर्थे । आज म पुनः ऐना हेदा ओहो त्यो त्रासदीबाट कसरी मुक्ति पाएँ भन्दै सोच्दछु।

ब्रेकअप र डिभोर्सपछि प्रेमलाई लिएर तपाईको मनमा कुनै केही चाहना छ ?
पटक्कै छैन । आज म यो निष्कर्षमा पुगेको छु कि पहिलो प्रेम, थाहा नपाइ अन्तिम पनि हुनसक्छ । त्यो नै मेरो काम हो । म सिंगल नै इन्जोय गरिरहेको छु । म आफ्नो मिड फोर्टीको आनन्द उठाइरहेको छु । म आफ्नो काम र विविध भूमिकाबाट धेरै खुशी छु।

तपाई आफ्नो फिटनेस र सुन्दरतालाई कसरी बनाइराख्नुहुन्छ ?
म केही न केही रुपमा आफूलाई सक्रिय राख्छु । हालै मात्र म फ्लुबाट तंग्रिएकी छु र आफूलाई कमजोर महसुस गरिरहेकी छु । मलाई पानीको फोबिया छ । त्यसकारण म दिल खोलेर पौडी खेल्छु । मलाई नयाँ कुरा गर्न निकै मनपर्छ ।

म योगा, स्ट्रेचेज नृत्य, जिम, स्पोर्ट्स आदि गर्न रुचाउँछु । जब म नेपालमा जान्छु, त्यहाँ मलाई हाइकिङ निकै मनपर्छ । एक पटक त म ११ घण्टासम्म निरन्तर हिँडेको छु । त्यो हिडाइले मसँग धेरै दिनसम्म खुट्टा दुखेको अनुभव छ।

भारतीय पत्रिका नवभारत टाइम्सले सँग मनिषासँग गरेको अन्तर्वार्ताको सम्पादित अंश ।
 

 

प्रकाशित: २४ जेष्ठ २०७५ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App