८ वैशाख २०८१ शनिबार
अर्थ

गरिमा विकास बैंकको दम्पती बचत खाता

काठमाडौं– गरिमा विकास बैंकले गरिमा दम्पती बचत खाता सञ्चालनमा ल्याएको  छ । बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त बचत योजना सुरु गरेको बैंकले जनाएको छ।

प्रदेश नम्बर १ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न  स्थानमा  स्थापित आठ शाखा कार्यालयको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा उक्त बचत योजना सार्वजनिक गरिएको बताइएको छ ।बैंकमा गरिमा दम्पती बचत खाता  खोल्ने ग्राहकले वार्षिक नौ प्रतिशत ब्याज पाउनेछन् । यो खाता खोल्ने ग्राहकले  बैंकको  एटिएम कार्ड, मोबाइल बैंकिङ सुविधा, सी–आस्बा सुविधा र एबिबिएस सुविधा निःशुल्क पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
 

प्रकाशित: २४ जेष्ठ २०७५ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App