७ वैशाख २०८१ शुक्रबार
समाज

सशस्त्रको गाडीबाट सखुवा तस्करी, डिएसपी नै छानविनमा

संखुवासभा– सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको बा.१ झ १६६९ नंबरको ट्रकमा राखेर गैह्र कानूनी ढंगले सखुवाको काठ लैजादै गर्दा सोमबार राती पक्राउ परेको छ। धनकुटाको मुलघाटबाट सशस्त्र प्रहरी चेक पोष्टले सोमबार राती सशस्त्रको ट्रक नियन्त्रणमा लिएको थियो। ट्रक जाच्ने क्रममा अवैध रुपमा करिब एक सय क्यूफिट सखुवाको काठ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले बताए। बरामत गरिएको काठको बजार मूल्य करिब सात लाख रुपंैयाभन्दा बढी हुने जनाइएको छ। 

सखुवाको काठसहित सवारी साधन नियन्त्रणमा लिएको घटनाबारे सशस्त्र प्रहरी बलको पकलीस्थित बाहिनीलाई जानकारी गराइएको थियो। घटनामा संलग्न भएको आशंकामा अरुण गुल्म संखुवासभाका डीएसपी रामप्रसाद भण्डारीलाई मंगलबार पकलीस्थित वाहिनीमा झिकाइएको स्रोतले जनायो। पकलीस्थित सशस्त्रको वाहिनीबाट डीएसपी डम्बर विष्ट नेतृत्वको टोली छानविनका लागि मंगलबार मुलघाट पुगेको थियो। बुधबार चैनपुरस्थित अरुण गुल्म आइपुगेका टोलीले घटनाबारे छानविन सुरु गरेको बताइएको छ।

गुल्मले भौतिक निर्माण गर्ने जनाउँदै आहाले सिस्ने सल्लेरी सामुदायिक वन चैनपुरबाट फागुनमा काठ लगेको वनका सचिव सीता गौतमले बताए। ३० किबी काठ माग गरेको गुल्मले सय किबी लगेको र अन्यत्र लगेको खबरले अचम्ममा परेको गौतमले बताए।  

प्रकाशित: २३ जेष्ठ २०७५ १६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App