coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी पक्राउ

जुम्ला– कर्णाली राजमार्ग र नाग्म गमगढी राजमार्गमा पर्ने पक्की पुलको निर्माण र नाग्म गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ। 

निर्माण व्यवसायी बमलाई जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाले मंगलबार तिला गाउँपालिकाको कुडारी त्रिवेणीबाट पक्राउ गरेको हो। रश्मी निर्माण सेवा कालिकोटका प्रोपाइटर रहेका बमले जिम्मा लिएको काम समयमा निर्माण सम्पन्न नगरेकोले उपस्थिति गराई दिन भनी मुगु प्रशासनले दिएको निर्देशन अनुसार पक्राउ गरिएको जुम्लाका प्रहरी नायव उपरीक्षक डाक्टर तपन दाहालले बताए। उनले भने, ‘निर्माण व्यवसायीलाई पक्राउ गरी बुधबार मुगुतर्फ पठाइएको छ।’ 

काम सम्पन्न नगरी अलपत्र अवस्थामा पारेर चरम लापरवाही गरेको देखिएकाले सोधपुछ गर्न जुम्लाबाट नियन्त्रणमा लिईएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। उनका अनुसार पटक पटक डिभिजन सडक कार्यालयले बोलाउँदा पनि सम्पर्कमा नआएपछि पक्राउ गरेरै बुझ्नुपर्ने अवस्था आएको हो।

नाग्म गमगढी सडक अन्तर्गत ९३ किलोमिटर रहेको मुगुको झ्यारीदेखि डुम गाउँसम्मको १० किलोमिटर सडक सुधार गर्ने जिम्मा बमको रहेको र काम सक्ने म्याद सकिए पनि काम नसकिएको डिभिजन सडक कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख माधवप्रसाद अधिकारीले बताए। उनका अनुसार २०७४ जेठ ३० गतेसम्म काम सकिनुपर्ने थियो।

प्रकाशित: २३ जेष्ठ २०७५ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App