coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्रोत नखुलेको ३१ लाख भारतीय मुद्रासहित दुई पक्राउ

वीरगन्ज– पर्साले प्रहरीले वीरगन्जसिमा नाकाबाट स्रोत नखुलेको २ हजार दरका ३१ लाख  ८० हजार भारतीय मुद्रा बरामद गरेको छ।

मंगलबार साँझ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा बरामद भारतीय मुद्रा बुधवार बिहान प्रहरीले २ जना मानिससहित सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रेवती ढकालले जनाएअनुसार सीमापारीको भारतीय सहर रक्सौलबाट आउँदै गरेको ना २७ प ३८११ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो। पैसा बोकेका बाराको कलैया उपमहानगरपालिका २ मोतिबाग घरभई हाल हेटौंडा बस्ने ३० बर्षे चितरन्जन साह र भारत बिहार, पूर्वी चम्पारण जिल्ला बेल्वा १४ का १८ बर्षे रोहित केशरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

भारतीय रुपैयाँ २ हजार दरका चितरन्जनको साथबाट एक हजार ३ सय ९० थान र केशरीको साथबाट २ सय थान बरामद भएको एसपी ढकालले बताए। बरामद भएको रकम  र पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। 

यसअघि जेठ २ मा पनि प्रहरीले स्रोत नखुलेको१२ लाख ७ हजार ५ सय बराबर भारतीय रुपैयाँ बरामद गरेको थियो। यस आर्थिक बर्षमा ४३ लाख बढी बरामद भएको भारतीय रुपैयालाई जिल्ला प्रहरीले अबैध दावी गरेको छ। 

प्रकाशित: २३ जेष्ठ २०७५ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App