गाउँपालिका केन्द्र सार्न माग गर्दै कार्यालय घेराउ

बुधबार, २३ जेठ २०७५, १९ : २५ गणेश विक

रुकुम पूर्व– पुथा उत्तरगंगा गाउँपालिका–१३, पद्मी बिर्गुमका बासिन्दाहरुले गाउँपालिकाको कार्यालयमा घेराबन्दी गरेका छन्। साविकको गाउँपालिकाको केन्द्र कोलबाट पद्मी बिर्गुममा सार्नु पर्ने भन्दै उनीहरुले घेराबन्दी गरेका हुन्।

गाउँ कार्यपालिकाले कोलबाट बिर्गुममा केन्द्र सार्ने निर्णय गरेकाले तत्कालन केन्द्र सार्ने भन्दै उनीहरुले कार्यालयमा घेराबन्दी गरेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए। ‘निर्णय लागु गर्न नसक्ने अध्यक्षले राजीनामा दे, गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन गर’ जस्ताहरु नारा लगाउँदै उनीहरुले नारा जुलुस समेत गरेका थिए। यस भन्दा पहिला विवादका बीच यहाँको केन्द्र वडा नं. १२ कोलमा स्थापना गरिएको थियो। 

गाउँपालिकाको केन्द्र तकले समेत दाबी गरेकाले पुसको १४ को गाउँ सभाले केन्द्र सार्ने निर्णय गरेको थियो। उक्त निर्णय लामो समयदेखी कार्यान्वयन नभएको भन्दै आपूmहरु आन्दोलित हुन बाध्य भएको उनीहरुको भनाई छ। तक र कोलको विषयमा पनि आन्दोलन भएको र उक्त आन्दोलन समाधान गर्न गाउँसभाले बिर्गुममा सार्ने निर्णय गरेको अध्यक्ष घर्तीले जानकारी दिए। उनका अनुसार उक्त निर्णयमा ७२ हस्ताक्षर गरेका थिए।

‘गाउँपालिकाको केन्द्रका लागि कोल र बिर्गुम दुवै स्थान पायक पर्दैनन्’ अध्यक्ष घर्तीले भने, ‘तर पायक पर्ने भन्दा बिवाद समाधान गर्न यस्तो निर्णय गरिएको हो।’ अब पुनः गाउँकार्यपालिकाको वैठकले निर्णय गर्ने उनले जानकारी दिए। ‘पहिलो चरणमा सहमतिमा केन्द्र बिवाद समाधान गर्छाै’ उनले भने, ‘त्यो हुन नसके प्रक्रियामा जान्छौ।’ दुई तिहाई बहुमतबाट यो विवाद समाधान गर्ने उनी बताउँछन्।

उक्त स्थान सबै जनताको पायक पर्ने ठाउँ नभएकाले केन्द्र सार्नु पर्ने यहाँका बासिन्दाहरुको भनाई छ। स्थानीयले भने गाउँपालिकाले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन्। राजपत्रमा उक्त गाउँपालिकाको केन्द्र तत्कालिन गाविसको कार्यालयमा केन्द्र तोकेको छ। सोही अनुसार कोलमा केन्द्र स्थापना गरिएको थियो।

यता कोलका वासिन्दाहरुले भने कोल सबैका लागि सहज पर्ने स्थान भएकाले केन्द्र कोलमै हुनु पर्ने तर्क गर्छन। बहुमत नपु¥याएर गाउँकार्यपालिकाले निर्णय गरेको हुँदा उक्त निर्णय कार्यान्वय नहुने कोलका स्थानीय जुनप्रसाद बुढाले बताए। सर्वाेच्चले समेत अर्काे व्यवस्था नगर्दासम्म कोलमा कामकाज गर्ने भनि आदेश दिएको उनले जानकारी दिए। गाउँकार्यपालिकाले जबरजस्ती बहुमत नपु-याएर गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेको कोलबासीको भनाई छ।

कार्यालय बिर्गुममा लिनका लागि यहाँका ५० भन्दा बढी सर्वसाधारणहरु गाउँपालिकाको कार्यालयमा पुगेका थिए। उनीहरुले कार्यालय समेत घेराबन्दी गरेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad