coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से १४ अंकले बढ्यो

काठमाडौँ– आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि शेयर बजारमा आज बुधवार कारोबार सुचारु भयो र केही घन्टाको कारवारमै  नेप्से परिसूचक १३.९१ अंकले वृद्धि भएको छ । हिजोदेखि शेयर लगानीकर्ताले कारोबार बहिष्कार गरेका थिए ।

सरकारले कर फिर्ता लिएपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताले आज १ः०० बजेपछि कारोबार थालेका थिए । ढिला शुरु भएको बजार कारोबार शुरु भएदेखि नै बढ्न थालेको थियो ।सूचकमा केही सुधार देखिए पनि कारोबार रकम भने रु २३ करोड ८९ लाख मात्रै भएको नेप्सेले जनाएको छ । आज अन्य उपसूचकबाहेकका सूचक तथा उपसूचक उकालो लागेको थियो । आइतबारबाट आन्दोलनमा उत्रिएका लगानीकर्ता मन्त्रालयले कर फिर्ता लिएसँगै लगानीकर्ताले पनि आफ्नो आन्दोलन स्थगित गरेका छन् ।

प्रकाशित: २३ जेष्ठ २०७५ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App