coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्वाधिक धनराशीको फोटो प्रतियोगिताको घोषणा

काठमाडौं– फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ। क्लबले बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो। 

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहनेका लागि बुधबारबाटै आवेदन खुल्ला गरिएको छ। क्लबको आधिकारिक वेवसाइट www.pjclub.com.np मा गएर आफूले खिचेका फोटोहरु दर्ता गर्न सकिने क्लबले जनाएको छ। प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन्। प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्। तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर पनि समावेश गराउन पाइने छ। उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनुपर्ने छ।

५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन्।

बुधबारबाटै सुरु हुने दर्ता प्रक्रिया असार ६ गते मध्यरातमा १२ बजे बन्द हुनेछ। पिजे क्लबले एक भव्य कार्यक्रमबीच सातै विधाका विजेताको घोषणा गरेर विजेतालाई पुरस्कार वितरण गर्नेछ। पुरस्कार वितरण कार्यक्रमपछि साउन १५ देखि २१ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढी उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ। काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरिसकेपछि मोफसलका पाँच स्थानमा पनि उक्त फोटोहरू प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले बताए। उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज र पोखरामा तीन/तीन दिन फोटो प्रदर्शनी गरिनेछ। 

प्रतियोगितामा यसपटक १ हजार ५ सय भन्दा बढी फोटोग्राफर तथा फोटो पत्रकारका १३ हजारभन्दा बढी फोटोले विभिन्न विधामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ। 

आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा हुन लागेको प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आइएमएस डेली लाइफ, एक्सपिरीयन्स नेपाल कल्चर एण्ड टुरिजम,  नेचर एण्ड वाइल्डलाइफ, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन्। 

अर्घाखाँची सिमेन्ट न्युज फोटो विधामा २०७३  साल बैशाख १ गते देखि २०७४ चैत्र मसान्तसम्म खिचिएका तस्बिरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। अन्य विधामा जहिलेसुकै खिचिएका तस्बिरहरू पठाउन सकिने छ । अन्य कुनै प्रतियोगितामा मुख्य विजेता भइसकेका र यही प्रतियोगिताको अघिल्ला संस्करणका विजेता फोटो यो प्रतियोगिताका लागि समावेश गराउन पाइने छैन। ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन्।

प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन्। आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल टुरिजम बोर्डको मुख्य सहयोग हुने प्रतियोगितामा हालसम्म अर्घाखाँची सिमेन्ट, आईएमएस, शिखर इन्स्योरेन्स, नेप्टोस  र डिसहोमले विधागत प्रायोजकका रुपमा सघाउने छन्। बिपी कोइराला भारत–नेपाल प्रतिष्ठान, साहस स्पोर्टस, सिटी एक्सप्रेस, रियो फ्रुट जुस, एडभेन्चर स्पोर्टस, भायनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भूमिका निर्वाह गर्ने भएका छन्।

फोटो प्रतियोगिता २०७५ मा ६ सदस्यीय  निर्णायक मण्डल रहेको छ। दक्षिण एसिया तथा भारतका वरिष्ठ फोटोग्राफर पाब्लो बारथोलोमिओको अध्यक्षता रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान, वरिष्ठ फोटोपत्रकार, क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एबम क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका छन्। 

प्रतियोगिताको प्रचार सहकर्मीको रुपमा न्यूज एजेन्सी नेपाल रहेको छ भने फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड छ। मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नागरिक दैनिक, रिपब्लिका अंग्रजी दैनिक, शुक्रबार साप्ताहिक, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका दैनिक, कारोबार राष्ट्रिय आर्थिक दैनिक, आर्थिक अभियान दैनिक, हिमालय टाईम्स, आर्थिक दैनिक,  पोखरा हटलाइन, पश्चिमटुडे, दैनिक नेपालगन्ज र क्यापिटल बिजनेस म्यागजिन छन्। 

यसैगरी टेलिभिजन पार्टनरमा कान्तिपुर टेलिभिजन, एपि वान टेलिभिजन, इमेज च्यानल, हिमालयन टेलिभिजन, एबिसी टेलिभिजन र जनता टेलिभिजन छन्। अनलाइन पार्टनरमा इकान्तिपुर डटकम, नागरिक न्युजडटकम, माइरिपब्लिका डटकम, अनलाइनखवर डटकम, अन्नपूर्णपोष्ट डटकम, ईनयापत्रिका डटकम पहिलोपोष्ट डटकम, बाह्रखरी डटकम, माइसन्सार डटकम, नेपालखबर डटकम, नेपाललाइभ डटकम, देशसञ्चार डटकम, थाहाखबर डटकम, विजमान्डु डटकम, सदृश्य डटकम, क्लिकमान्डू डटकम, रातोपाटी डटकम, लोकान्तर डटकम, माइन्यूजनेपाल डटकम, क्यापिटलनेपाल डटकम, हाम्राकुरा डटकम, मेरोलगानी डटकम, कर्पोरेटनेपाल डटकम, छन्। उज्यालो नेटवर्क र सिटीजन एफएम रेडियो पार्टनर रहेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App