८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अर्जेन्टिनाको समर्थन प्यालेस्टाइनलाई, इजरायलसँग फुटबल नखेल्ने

अर्जेन्टिना- गाजामा रहेका प्यालेस्टाइन नागरिकहरुमाथि इजरायलले गरेको दमनका कारण अर्जेन्टिनाले आउँदो शनिबार इजरायलसँग हुने विश्वकप अभ्यास खेल नखेल्ने भएको छ।

अर्जेन्टिनामा रहेको इजरायलको दूतावासले ट्वीटरमार्फत खेल रद्द भएको जानकारी दिएकाे छ। अर्जेन्टिनाले खेल रद्द गरेपछि इजरायलका रक्षामन्त्री एभिग्डर लियरम्यानले अर्जेन्टिनाका खेलाडीहरुले इजरायल विरोधीहरुको दबाबलाई बुझ्न नसक्नु दु:खद रहेको बताए। लियरम्यानले आतंकवादीहरुको समर्थन गर्ने कसैको अगाडि आफूहरु लाचार भएर प्रस्तुत नहुने उल्लेख गरे।

यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति मर्सियो मर्सीलाई दुई देशबीच तय गरिएको मैत्रीपूर्ण फुटबल खेल सञ्चालनका लागि पहल गर्न आग्रह गरेकाे सञ्चार माध्ययमहरुले जनाएका छन्।

अर्जेन्टिना फुटबल टोलीका स्ट्राईकर गोन्जालो हिगुईनले भने आफूहरुले सही निर्णय गरेको प्रतिक्रिया दिए।

यस्तै, प्यालेस्टाइनको फुटबल संघले अर्जेन्टिनाले गरेको निर्णय उपयुक्त रहेको बताउँदै अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी र उनका साथीहरुलाई धन्यवाद ज्ञापन गरेको छ।

गाजामा केहि दिनयता इजरायली सैनिकहरुको दमनमा परि करिब १ सय २० प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७५ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App