८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु, २ घाइते

ताप्लेजुङ – ताप्लेजुङबाट बालुवा लिन काबेलीखोला तर्फ गएको ना ५ त ९५६६ नम्बरको ट्रयाक्टर मेची राजमार्गको खहरे–मेवाखा सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अनियन्त्रित भई सडकमा पल्टदा सोहि ट्रयाक्टर चालक ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर १ नाङखोल्याङका २१ वर्षीय सुनुवारको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा परी ट्रयाक्टरमा मजदुरीको काम गर्ने सोहि वडा बस्ने १९ वर्षीय शरण लिम्बू र २० वर्षीय किरण लिम्बू घाइते भएका छन्। घाइते दुबैजनालाई उपचारका लागि ताप्लेजुङ अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

 

प्रकाशित: २३ जेष्ठ २०७५ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App