coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुनसान तातोपानी लिपिङ् बजार (फोटो फिचर)

काठमाडौं – उत्तरी चीन जोड्ने परम्परागत र मुलुकको एक मात्र ठुलो तातो पानी नाका ३ वर्षदेखि बन्द छ। २०७२ वैशाख १२ को भूकम्पपछि नाका बन्द भयो। लगत्तै एक वर्षपछि २०७३ असार २२ गतेको भोटेकोशी बाढीले तिब्बत र तातोपानी नाकासम्मै ठूलो भौतिक क्षती पुर्याएपछि नाका खुल्ने नखुल्ने अनिश्चित छ।

भूकम्पपछि चीन प्रवेशको मितेरीद्वार बन्द छ। खासा क्षेत्र मानवविहीन छ। तिब्बती क्षेत्रलाई सुरक्षाकर्मीले सुरक्षा दिइरहे पनि बसोवास र आवात जावतमा रोक लगाइएको छ। भूकम्पपछि तातोपानी क्षेत्रमा पनि लामोसमय मानवविहीन बन्यो। नाका खुल्ने आशै आशमा विस्तापित स्थानीय तातोपानी फर्कदै गर्दा बाढीको कहर निम्तियो।

बाढीले भूकम्पमा बचेका झन्डै सय ओटा घरलाई नाकाको निकै तलसम्म अरनिको राजमार्गले गाडिदियो। यता तातोपानीको खासगरी लिपिङ् क्षेत्र मानवविहीन छ। बाढीले निम्ताएको विनासलिला उस्तै छ। नदी नियन्त्रणको प्रयास भएको छैन। भूकम्पले खसालेको चट्टानी पहाड अझै पन्छाएको छैन। सञ्चालनमा रहदा दैनिक दशौं हजार जमघट हुने यो नाका यति बेला दिउँसै हिडडुल गर्न पनि डर लाग्दो छ।

नुन, चामल, खुर्सानी सतहीबाट सुरु नेपाल चीन व्यापार आधुनिक बन्दै जादा पछिल्लो समय २० अर्बको सामान आयात हुन थालेको थियो। त्यस वापत् राज्यले मात्र वार्षीक २ अर्ब रुपैयाँ राजश्व संकलन गर्थ्यो। नाका बन्द भएपछि त्यो गुम्दै आएको छ। राजधानी काठमाडौं जोड्ने यो नाका खुलाउन सरकारको पहल पुगेको छैन।

तस्बिर सबै दिपेन्द्र राेक्का

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App