coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाल्पाको सिद्धबाबा पुगेर मन्त्री महासेठले भने “सरकार एम्बुस हेरेर बस्दैन्”

पाल्पा – सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले स्थलगत अवलोकन गरेका छन्।

यातायात मन्त्रालयका सचिव, विभागका महानिर्देशक सहितको प्राविधिक टोलीले स्थलगत अवलोकन गरि सिद्धबाबा क्षेत्रको अवस्था तत्काल सुधार गर्न काम हुने बतायो ।

बुधबार सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर आसपासको क्षेत्र पुगेर मन्त्री महासेठले सरकार सडकको एम्बुस हेरेर बस्न नसक्ने भन्दै तत्काल काम हुने बताए । महासेठ भन्छन्, ‘सिद्धबाबा सडकखण्ड एम्बुस जस्तै भएको रहेछ। सुरुङ्गमार्ग वा पहाड काट्ने मध्ये राम्रो विकल्प रोज्नेछौं। एम्बुसबाट बचाउनको लागि प्राविधिकको सल्लाहमा तीन महिनाभित्र काम सुरु हुन्छ।’

आगामी वर्षको बजेटमा सुरुङ्गमार्गको अध्ययनमा रकम विनियोजन भएको छ। ‘विकल्प के हुनसक्छ, सोही अनुसार काम हुन्छ, यातायात व्यवस्थामन्त्री महासेठले भने, ‘यसपालिको सरकारले आगामी वर्षको बजेटबाट काम सुरु गर्छ।’ सुरुङ्ग बनाउनै पर्छ। ऐतिहासिक कुराहरुलाई बचाएर काम हुन्छ। 

सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले सिद्धबाबाको काम जटील प्रकृतिको भएको बताएका छन्। ‘विदेशी कन्सल्टेन्ट नगुहारिकन काम हुन सक्दैन। हचुवाका भएर यो वा त्यो भनेर काम हुन्न। विस्तृत अध्ययनपछि मात्र काम हुन्छ,’ श्रेष्ठले भने, ‘पहाडै चलेको छ। सुरुङ्गमार्ग पनि टिकाउ नहुनसक्छ।’ महानिर्देशक श्रेष्ठले विभाग पनि तत्काल काम गर्ने पक्षमा रहेको भन्दै पहाडै काट्ने विकल्प पनि अगाडि बढ्नसक्ने बताए। 

सानो पानी पर्दा पनि सडक अवरुद्ध हुने अवस्था आएपछि मन्त्री सहितको टोली सिद्धबाबा आइपुगेको हो। सिद्धार्थ राजमार्गको २ दशमलव ८ किलोमिटर अत्यन्त जोखिमपूर्ण छ। यस सडकखण्डमा पछिल्लो १० वर्षमा ७० जनाको मृत्यु भएको छ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App