coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नुवाकोट गोल्डकपः पहिलो सेमिफाइनलमा थ्री स्टार र आयोजक भिड्दै

नुवाकोट – नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) रुस्लान थ्री स्टार क्लब र आयोजक नुवाकोट–११ बीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ः४५ पछि सुरु हुनेछ।

थ्री स्टारले यो सिजन मोफसलमा भएका दुई वटा प्रतियोगिता माइभ्याली गोल्डकप र उदयपुर गोल्डकपको उपाधि जितिसकेको छ।

यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा रुपन्देही–११ लाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले अब सेमिफाइनलमा पोखरा–११ सँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। पोखराले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

नुवाकोट जिल्ला फुटबल संघ र नुवाकोट खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन्।

 

प्रकाशित: २३ जेष्ठ २०७५ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App