नारायणगढ–मुग्लिन सडकखण्ड ३५ मिनेटमै सररर पार गर्न सकिने

बुधबार, २३ जेठ २०७५, १० : ३० नागरिक

3117


काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे भएको छ। आयोजनाका अनुसार मंगलबार रातिबाट उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ।

६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भइसकेकाले अब अवरोध नभएको अवस्थामा ३५ मिनेटमा नै उक्त सडकखण्ड सरररर पार गर्न सकिने  सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। ‘७० मिनेटलाई ५० प्रशेन्ट घटायर ३५ मिनेटमा ल्याउने र सडक सुरक्षामा उल्लेख्य सुधार गर्ने भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो’, खनालले भने, ‘सोही अनुसार काम भएको छ।’

खनालले सडक कालोपत्रे बनेसँगै   हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको बताए। ‘सडक निर्माणका लागि दैनिक ६ घण्टा सडक बन्द हुँदै आएको थियो’, खनालले भने, अब बन्द हटेको छ भने सडक पनि खाल्डाखुल्डी, धुलो र हिलो रहित बनेको छ।’

भत्काइएको तीन वर्षपछि सडकखण्डले पूर्णता पाएको खनालले बताए। निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो गरी आयोजना सम्पन्न हो।

‘२०७२ सालको बिनाशकारी भूकम्पको मुखैमा योजनाको सम्झौता भएको थियो’, खनालले भने, ‘त्यसपछि भएको भारतीय नाकाबन्दी र इन्धन अभाव तथा भौगोलिक बनावट, पहिरोको जोखिम, सवारी चापको व्यवस्थापनले गर्दा निर्माणमा केही ढीला भएपनि अन्य अायाेजनाकाे तुलनामा धेरै ढीलाे भने भएकाे हाेइन।'

सबै पक्षले जिम्मेवार ढंगले आ–आफ्नो ठाँउबाट सहयोग गरेर निर्माण कार्यमा सघाएकोमा खनालले खुशी व्यक्त गरे। आयोजनाको सम्पूर्ण काम सम्पन्न हुन अझै केही समय लाग्ने बताउँदै खनालले अब यात्रुले सहज तरिकाले यात्रा गर्न पाउने सुनिश्चित भएको बताए।

बाँकी रहेका ठाउँमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गर्न सकिने बताइएको छ।

यो पनि हेर्नुहोस्,







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...

फेसन नाइटका लागि १४ मोडल

फेसन नाइटका लागि १४ मोडल

आउँदो भदौ २३ मा आयोजना हुन लागेको ‘इबिजा फेसन नाइट’का लागि १४ मोडल छनोट भएका छन्। ...

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

कवि गोविन्द नेपालले आफ्नो तेस्रो कविता संग्रह तर्कको साम्राज्य पाठकमाझ ल्याएका छन्। ...