४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

नौ सर्वसाधारणको हत्या

नियामी– नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा नौ व्यक्तिको हत्या गरेका छन् ।

प्रान्तीय राजधानी दिफ्फाखमा सोमबार राति अबेर भएको उक्त आक्रमणमा नौ जना मारिएको र ती सबै सर्वसाधारण भएको बताइएको छ ।

नाइजरमा यस प्रकारको आक्रमण बारम्बार बोको हराम आतंककारी समूहले गराउँदै आएको पाइन्छ । यद्यपी यस आक्रमणको भने कुनै समूहले जिम्मेवारी लिएको पुष्टि भएको छैन । नाइजर र नाइजेरियामा बोको हराम आतंककारी समूहको बलियो पकड रहेको छ । यस अघि पनि नाइजेरियामा बोको हराम समूहको हत्या हिंसा र अपहरणका घटनामा संलग्नता रहने गरेको थियो । आतंककारी समूहले विद्यालयका बालबालिकालाई समेत अपहरण गर्ने, उनीहरुलाई बलात्कार गर्ने तथा कतिपयलाई जबर्जस्ती आफ्नो सशस्त्र दस्तामा भर्ना गर्ने गरेका छन् ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App