८ वैशाख २०८१ शनिबार
अर्थ

नगरका ११ वडामा बजेट विनियोजन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले वडागत बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७५-७६ का लागि नगरपालिकाले पुँजीगत १० करोडमध्ये ११ वडाका लागि पाँच करोड ८५ लाख ९९ हजार रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका लागि ६१ लाख ९९ हजार, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका लागि ४६ लाख, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका लागि ५० लाख, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका लागि ५० लाख, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका लागि ४७ लाख, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका लागि ४८ लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत (सिइओ) अनिल किरातीले बताए । हरेक वडाले नगरपालिकाले दिएको बजेटको सीमाभित्र रहेर योजना बनाउनुपर्ने नगरपालिकाले जनाएको छ ।

त्यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका लागि ५६ लाख, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका लागि ५५ लाख, हलेसी तुवाचुङ नगरपालिका–सल्लेका लागि ५६ लाख, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका लागि ५५ लाख र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका लागि ६१ लाख बजेट विजियोजन गरिएको छ । प्रदेशबाट रकम आए प्रत्येक वडालाई केही बजेट थप हुने सिइओ किरातीले बताए ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App