coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धरपकडका घटनाप्रति महासंघको ध्यानाकर्षण


काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमाथि भइरहेका धरपकडका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै गलत काम गर्ने व्यवसायीलाई विधि र प्रक्रियासम्मत कारबाही गर्न सकिने स्पस्ट आधार हुँदाहुँदै अपराधीलाई जस्तो कार्यस्थलबाटै पक्राउ गरिएका घटनाप्रति आपत्ति जनाएको हो । निर्माण परियोजना तोकिएको समयमा सम्पन्न नुहुनमा निर्माण व्यवसायीको मात्र दोष नभएको महासंघको दाबी छ । एकोहोरो ढंगले व्यवसायीलाई मात्र आक्षेप लगाई कारबाही थालेको घटनाप्रति महासंघले आपत्ति जनाएको छ ।

‘कुनै पनि निर्माण कार्य भइरहँदा ठेक्का सम्झौताअनुसार उक्त कार्यको अनुगमन तथा निरीक्षण गर्ने संयन्त्रले प्रभावकारी ढंगले काम गर्ने हो भने दोषी कदापि उम्कन पाउँदैन,’ विज्ञप्तिमा छ, ‘निर्दोषलाई कुनै पनि समस्यामा नपार्न तथा दोषी जोकोहीलाई कानुनसम्मत ढंगले न्यायको कठघरामा उभ्याउन अपील गर्दछ।’टुन्डी–रमण निर्माण कम्पनीले संयुक्त रुपमा सुचारु ढंगले रानी–विराटनगर–इटहरी–धरान सडक खण्ड निर्माण गरिरहेकै अवस्थामा स्थानीयको गुनासोको आधारमा प्रोजेक्ट म्यानेजर लगायतलाई हिरासतमा लिई कारबाही गरिएको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

विराटनगर महानगरपालिका प्रमुखकै नेतृत्वमा गुणस्तरहीन कार्य गरेको भनी गत शनिबार प्रोजेक्ट म्यानेजर रविराज पन्त, विनय शाह, सुपरभाइजर देवराज बरालसहित ज्यालादरी कर्मचारीलाई ठेक्का सम्झौतामा उल्लेखित सर्त तथा नियमविपरीत स्थानीय प्रशासनको सहयोगमा हिरासतमा लिई कारबाही गरिएको महासंघको दाबी छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न महासंघले माग गरेको छ ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App