७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यालयबाट फर्किँदै गरेका बालक अपहृत

कपिलवस्तु- विद्यालय छुट्टी भएर घर फर्कने क्रममा धनकौली–४, गगनीका १० वर्षीइ बालक अपहरणमा परेका छन्। विजगौरीस्थित रवि सामुदायिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत अजय मल्लाह बिहीबार दिउँसो साढे ३ बजे विद्यालय अगाडिबाटै अपहरणमा परेका हुन्।

छोरा अपहरणमा परेको भन्दै बाबु हरीले शुक्रबार इलाका प्रहरी कार्यालय गोरुसिंगेमा जाहेरी दिएका छन्।

मोटरसाइकलमा रहेका दुई जनाले घरमा पंखा जडान गरिदिने भन्दै बालकलाई बीचमा राखेर तौलिहवातर्फ लगेको प्रत्यक्षदर्शी विद्यार्थीले प्रहरीसँग बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताए। …जाहेरी आधारमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' उनले भने। अपहृत बालक नेपालभित्रै रहेको र आफू अपहरणकारीको निकै नजिक पुगिसकेको उनले बताए।  अपहरणमा संलग्न भएका आशंकामा हरीकी काकी कुश्मा मल्लाह र छिमेकी सुखारी मल्लाहलाई प्रहरीले पक्राउ गरेको छ। हरी र कुश्माबीच विगत ८ वर्षदेखि जग्गा विवाद छ।

प्रकाशित: १८ भाद्र २०७३ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App