नेकपा प्रत्यक्ष निर्वाचित कार्यकारीतिर

बुधबार, २३ जेठ २०७५, ०६ : ५३ नागरिक

1694


काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणसँगै करिब दुईतिहाइ बहुमत नजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने बहस सुरु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको शासकीय स्वरूप परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाने सार्वजनिक अभिव्यक्तिसँगै यो विषयमा सतहमा आएको हो।

पार्टी स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरम सरकारमा आएसँग राष्ट्रपतीय प्रणालीको पक्षमा दुईतिहाइ पुगेको बताए । पूर्व नेकपा माओवादी प्रत्यक्ष कार्यकारी नछाडेको भन्दै उनले पूर्व एमालेमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीमा धारणा रहेको बताएका दाबी गरे।

सरकारले कानुन व्यवस्थालाई मजबुत पार्ने र आफ्नो भूमिकालाई प्रभावकारी रुपमा गर्दा समेत अधिनायकवाद आउन लाग्यो भनेर सरकारलाई घेर्ने कोसिसमा प्रमुख प्रतिपक्षी दललाई यसले विषय दिनेछ। अहिलेको यस्तो अभिव्यक्तिले बाँदरलाई लिस्नु लागउने भन्दा पनि बढी केही गर्दैन।’

‘हाम्रो नीति, नारा, लक्ष्य, उद्देश्य नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हो। हाम्रो जस्तो देशका समृद्धि हासिल गर्ने हो भने प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ,’ पौडेलले भने, ‘माओवादीले कार्यकारी राष्ट्रपतिको धारणा कहिले पनि छाडेने र एमालेमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रहँदै आएको छ ।’ सरकारमा भर्खरै सामेल भएको संघीय समाजवादी फोरम नेपाल पनि प्रत्यक्ष कार्यकारीको पक्षमा रहँदै आएको छ । त्यसैगरी बाबुराम भट्टराईको नेतृत्वका रहेको नयाँ शक्ति नेपाल पनि प्रत्यक्ष कार्यकारीकै पक्षमा रहेको छ।

पौडेलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयको अहिले तत्कालै नभै वातावरणमा बनाएर संविधान संशोधन हुने दावी गरे।

दाहालको अभिव्यक्तिले संसदीय व्यवस्थाको वकालत गर्दै आएको नेपाली कांग्रेसलाई झस्काएको छ भने ने क पाभित्रका पूर्व एमालेहरु सार्वजनिक रुपमा टिप्पणी गर्न चाहाँदैनन्।

पहिलो संविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादीको फरक देखिने तर सैद्धान्तिकरूपमा उस्तै रहेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणाअघि नेकपा एमालेले सारेको थियो । दोस्रो संविधानसभा चुनावी घोषणापत्रमा समेत समेटिएको थियो । तर संविधान जारी गर्ने विषयमा त्यस समयमा पहिलो दल नेपाली कांग्रेसले अघि सारेको संसदीय व्यवस्थालाई एमालेले स्वीकार गरेको थियो।

अहिले सरकारमा रहेका नेताहरुलाई भने अधिनायकवादका विषयलाई मुद्दा बनाइरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दललाई थप आक्रमक बनाउने बुझाइ रहेको छ। ‘सरकारले कानुन व्यवस्थालाई मजबुत पार्ने र आफ्नो भूमिकालाई प्रभावकारी रुपमा गर्दा समेत अधिनायकवाद आउन लाग्यो भनेर सरकारलाई घेर्ने कोसिसमा प्रमुख प्रतिपक्षी दललाई यसले विषय दिनेछ,’ बालुवाटार स्रोतले भन्यो, ‘अहिलेको यस्तो अभिव्यक्तिले बाँदरलाई लिस्नु लागउने भन्दा पनि बढी केही गर्दैन।’

भर्खरै पहिलो निर्वाचन भएको र त्यसको प्रमुख अजेण्डा संविधान कार्यान्वयन रहेको भन्दै शासकीय स्वरुप परिवर्तनका विषय लिएर जाँदा त्यसले राजनीतिक अस्थिरता उत्पन्न गराउन सक्ने बुझाइ उनीहरुको छ । ‘संविधान संशोधन भएपनि चुनाव हुने अन्तिम वर्षको उत्तराद्र्धमा हो। अहिले नै यो विषयलाई चर्चा गरेर राजनीतिक तनातानीमा जाँदा समाधान दिँदैन,’ एक नेताले भने, ‘यस विषयमा पार्टीभित्र पनि खासै छलफल भएको छैन।’

२०४६ सालको परिवर्तनपछि कुनै पनि सरकारले पाँच वर्ष शासन गरेको सन्दर्भमा नेपालमा राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा अझै आकर्षक नाराको रुपमा रहँदै आएको छ। पूर्व एमालेभित्र पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति चाहिन्छ भन्ने समूहका मत शक्तिशाली रहेको छ । २०७१ कार्तिममा संवैधानिक, राजनीतिक संवाद तथा सहमति राजनीतिक समितिमा काग्रेस र एमालेले सुधारिएको संसदीय व्यवस्थाको पक्षमा समान धारणा बनाएका थिए। तत्कालीन एकीकृत नेकपा माओवादीले समेत एमालेले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा आउँदा समेत पार्टीले आफ्नो धारणा छाडेको भन्दै असन्तुष्टि देखिएको थियो। त्यस समयमा एमालेका अध्यक्ष ओलीले अडानबाट पछि हट्ने कामको नेतृत्व गरेका थिए।

नेपाल पत्रकार महासंघ प्रदेश ब्ल्म्एभ्च्४४लदकउसले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले सरकारमा रहेको दलहरुबीच प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा सहमति रहेको भन्दै अबका शासकीय स्वरूपको लक्ष्य त्यही भएको बताएका थिए। उनले यस विषयमा सरकारमा रहेका सबै दलभित्र सहमति रहेको बताएका थिए। संघीय संसदमा करिब दुईतिहाइ बहुमत रहेको कारणले पनि यो विषयले गम्भीरताका साथ लिएका छन्।

शासकीय स्वरूप चलाए अर्को संकट

बालकृष्ण अधिकारी

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको मूल मर्म र भावनाविपरीत अघि बढ्न सरकारलाई सचेत गराएको छ। प्रमुख राजनीतिक दलबीच तिक्तता बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच शीतल निवासमा भएको भेटमा सरकार संविधान कार्यान्वयनभन्दा त्यस बाहिर जान लागि परेको आरोप लगाएका हुन्।

दुईतिहाइ बहुमतको आडमा सरकार मुलुकको शासन व्यवस्था नै परिर्वतनतर्फ उद्यत भइरहेकोतर्फ कांग्रेस सभापति देउवा र नेता पौडेलले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता र संघीय समाजवादी फोरमलाई सरकारमा सहभागिता गराउनुको मुख्य उद्देश्य शासकीय स्वरूप परिर्वतनका लागि भएको भन्दै सत्तारुढ दलका शीर्ष नेताबाट सार्वजनिक अभिव्यक्ति आएकोप्रति कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको नेताहरूले जनाएका थिए। ‘यो संविधान लामो छलफल र सम्झौताबाट आएको हो,’ कांग्रेस नेता पौडेलले भने, ‘यसको अक्षरसपालना गर्ने हो। दायाँबायाँ गर्ने कुरा हामीलाई मान्य हुँदैन।’

मुलुकको शासनव्यवस्था टुंगो नलाग्दा मुलुकको आर्थिक विकास र समृद्धिको यात्रा अधुरो रहेको जिकिर गर्दै कांग्रेस नेताहरूले दुईतिहाइको बलमा फेरि शासकीय स्वरूप परिर्वतन गरे मुलुक अर्को संकटमा फस्ने चेतावनी दिएका छन्। संविधानको रक्षक र पालकका रूपमा यसको कार्यान्वयन गराउने जिम्मेवारी राष्ट्रपतिको पनि भएका नेताहरूको तर्क थियो। ‘शासकीय स्वरूप परिर्वतनको कुराले मुलुकमा अर्को संकट ल्याउँछ,’ पौडेलले भने, ‘देशले अब अर्को संकट र अस्थिरता धान्न सक्दैन । यसमा तपार्इंहरू नलाग्नुस्। हाम्रो समर्थन हुँदैन।’

कांग्रेस नेताहरुको तीव्र असन्तुष्टिपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले अहिले नै शासकीय स्वरूपको विषयमा आपूmहरू विवाद र परिर्वतनको पक्षमा नरहेको तर्क गरेका थिए। ‘अहिलेलाई यो विवादको विषय होइन,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पछि कार्यकारी राष्ट्रपतिमा जान सकिन्छ भन्ने हो।’

कांग्रेस नेताहरूले अहिलेलाई होइन भने कार्यकारी राष्ट्रपति की अहिलेको शासन व्यवस्था भनेर विवादलाई प्रवेस गराउन खोजीएको आरोप लगाएका थिए। ‘अहिले शासकीय स्वरूपको विषयमा विवाद गर्ने कुरा होइन,’ पौडेलले भने, ‘कार्यकारी राष्ट्रपति र अर्को कुरा अहिले नगरौँ संविधान कार्यान्वयनमा लागौं।’

सत्तारुढ दलहरू प्रत्यक्षनिर्वाचित कार्यकारीको पक्षमा रहेको बताउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सोमबारै पोखरामा आयोजीत एक कार्यक्रममा मुलुक र दलहरू त्यतैतिर जाने धारणा राखेका थिए।

कांग्रेस नेताहरुले नेत्रविक्रम चन्द नेतृत्व माओवादीले समाजमा अराजयकता मच्चाइरहेको सुनाउँदै त्यसलाई समयमै सम्बोधन गर्न सरकारले ध्यान दिनुपर्ने धारणा राखेका थिए। त्यसक्रममा राष्ट्रपति भण्डारीले नेपाली भाषा, मुलुकको शान्ति सुरक्षाको अवस्था, संविधान कार्यान्वयन, सत्तारुढ र प्रतिपक्षबीचको सम्बन्धसहितका विषय नेताहरू माझ राखेकी थिइन्। त्यसक्रममा प्रधानमन्त्री ओलीसहित सहभागी सबैले आआफ्नो धारणा राखेका थिए।      








यसमा तपाईको मत

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...