इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

मङ्गलबार, २२ जेठ २०७५, २२ : २८ एजेन्सी

दुबई- इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ। 

आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ। 

पूँजी विश्लेषकहरूको समूह भन्छ, सन् २०१७ मा ०.७ प्रतिशतमा खुम्चिन पुगेको इन्धनमा आश्रित साउदी अर्थतन्त्र सन् २०१८ को पहिलो चौमासिकमा १.५ प्रतिशतले वृद्धि भएको छ। “इन्धनको मूल्यमा आएको सुधार नै साउदी अरबको अर्थतन्त्रमा देखिएको सकारात्मक सूचकको मुख्य वाहक हो,” लण्डनस्थित पूँजी विश्लेषक समूहले बताएको छ। 

सन् २०१६ मा प्रति व्यारेल ३० अमेरिकी डलरभन्दा कम बनेको पेट्रोलियम पदार्थको मूल्य सन् २०१८ मा आइपुग्दा प्रति व्यारेल ८० अमेरिकी डलर पुगेको थियो। पेट्रोलियम पदार्थको निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) र आयात गर्ने प्रमुख मुलुकहरूबीच भएको सम्झौतापछि तेलजन्य इन्धनको मूल्यमा समायोजन गरी तेल निर्यात गर्ने राष्ट्रको अर्थतन्त्रमा देखिएको सङ्कटलाई समाधान गर्न सम्भव भएको विश्लेषकहरूको भनाइ छ। 

पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै सन् २००९ पछि साउदी अरबको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिन थालेको थियो।

रियादस्थित जाद्वा इन्भेष्टमेन्ट कम्पनीले भनेको छ, सन् २०१३ को अक्टोवरपछि पहिलो पटक यो वर्षको अप्रिलमा मात्र आम्दानीमा मासिक रूपमा सवैभन्दा ठूलो अङ्कले वृद्धि भएको देखिएको थियो। यससँगै उक्त कम्पनीको वार्षिक वचत १३ अर्ब २० करोड अमेरिकी डलर पुगेको थियो। 

कम्पनीले दिएको जानकारी अनुसार सन् २०१४ को अन्त्यमा ७३२ अर्ब अमेरिकी डलर रहेको वचत यसवर्षको अप्रिलमा आइपुग्दा ५०६ अर्ब ६० करोड अमेरिकी डलर कायम हुन पुगेको थियो। 

सन् २०१४ देखि साउदी अरबको बजेट घाटा २६० अर्ब अमेरिकी डलर पुगेको छ र सन् २०१८ मा पनि ५२ अर्ब अमेरिकी डलरको बजेट घाटा रहने प्रक्षेपण साउदी सरकारले गरेको छ। 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad