७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरमा तास खेल्ने १० जनासहित २४ पक्राउ

उदयपुर– उदयपुरमा जुवाजन्य खेल खेल्ने १० जनालाई प्रहरीले मंगलबार दिउसो नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। सदरमुकाम नजिकै त्रियुगा नगरपालिका ३ मोतिगडास्थित अमृतबहादुर खत्रीको घरमा गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा घरधनी खत्रीसहित १० जना तास खेल्दै गरेको अवस्थामा दगद ३० हजार ९ सय ६५ रुपैंयासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

दिउसो ३ बजेको समयमा छापा मार्दा पक्राउ पर्नेहरुमा सोही ठाउँका चुडामणि चोधरी, पुण्यप्रसाद भट्टराई, सञ्जय हमाल, रामबहादुर राउत, गंगा तामाङ र सुमनसिंह ठकुरी रहेका छन्। त्यस्तै, तासको खालबाटै मोतिगडाकै निलहरि तिमल्सिना, मानबहादुर तामाङ, वीरबहादर खत्रीलाई पनि तासको खालबाट पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। उनीहरुसँगै खालमा भेटिएको नगद र तासका बुक पनि बरामद गरिएको छ। 

त्यसैगरी मंगलबारै प्रहरीले लागू औषध सेवन गरी होहल्ला गरेको आरोपमा स्थानीय एक स्नुकर पुल सञ्चालकसहित ४ जना पक्राउ परेको जनाएको छ। स्थानीय ओसिएन ठकुरीले सञ्चालन गरेको पुल हाउसमा लागू औषध सेवन गरी होहल्ला गर्दै पुल खेलेर अशान्ति सिर्जना गरेको स्थानीयको उजुरीका आधारमा प्रहरीले सञ्चालक ठकुरीसहित ४ जनालाई पक्राउ गरेको हो। दिउँसो ४ बजे प्रहरी टोली पुग्दा होहल्ला गर्दै पुल खेल्दै गरेका सोही ठाउँका युक्सन ठकुरी, अनिल ठकुरी र सागर कार्कीलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर कारबाही अघि बढाइएको एसपी भट्टको भनाई छ। 

मंगलबार विहान मात्र प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा १० जनालाई पक्राउ गरी एकघण्टा ट्राफिक नियमबारे कक्षा दिएर लाइसेन्स प्वाल पार्दै जरिवाना तिराएर छाडेको केहीबेरमै थप १४ जना बिभिन्न अपराधमा पक्राउ परेका हुन्। अघिल्लो दिन पनि २२ जनालाई लागू पदार्थ सेवन, कारोबार, मापसे गरी सवारी हाँक्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ गरी कारबाही थालेको प्रहरीले जनाएको छ। दुर्घटना कम गर्ने अभियप्रायले प्रहरीले बिभिन्न नयाँ ठाउँमा चेकपोईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा यसरी पक्राउ परेको प्रहरी भनाई छ। 

प्रकाशित: २२ जेष्ठ २०७५ १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App