सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो : उपप्रम यादव

मङ्गलबार, २२ जेठ २०७५, २० : १९ नागरिक

काठमाडौं– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईलाई संघीय समाजवादी फोरमले शुभकामना तथा बधाई ज्ञापन गरेको छ। पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी उपप्रधानमन्त्री यादव र मन्त्री राईलाई स्वागत गरिएको हो। 

कार्यक्रममा फोरम नेपालका बरिष्ठ नेता अशोक राईले देश र जनताका हितमा काम गर्न पार्टी सरकारमा सहभागी भएको जनाउँदै व्यक्तिगत र स्वार्थप्रेरित काम लिएर मन्त्रीहरुलाई अनावश्यक झमेलामा नपार्न कार्यकर्ताहरुलाई निर्देशन दिए। बरिष्ठ नेता राईले भने, ‘हामी देश र जनताको काम गर्न सरकारमा गएका हौं। अनावश्यक कामहरु लिएर कोही पनि मन्त्रालयमा नजाओस्। ताकि भोलि कसैले आफ्नो व्यक्तिगत काम भएन भनेर गुनासो गर्नुपर्ने नहोस्।’

सरकारमा सहभागी हुने मन्त्री चयन पार्टीका सबैको सहमतिमै भएको दाबी गर्दै नेता राईले विरोधी तत्वहरुले अनावश्यकरुपमा विवाद गराउन मनगढन्ते रुपमा हल्ला चलाएको पनि बताए। पार्टीका कुनै पनि नेताहरुबीच सरकारमा सहभागी हुने विषयमा मनमुटाव नरहेको बरु झनै एकता सुदृढ भएको पनि राईको दाबी थियो।

फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले सरकारमा जाँदैमा संघर्षको मैदान छाडेको भन्ने नठहर्ने प्रष्ट्याए। यादवले भने, ‘सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो। हामी झनै प्रभावकारी रुपले आफ्ना मुद्दाहरु राख्न सरकारमा सहभागी भएका हौं। अब संविधान संशोधनका विषय हामी बुँदागत रुपमा प्रस्तुत गरेर पारित गराउनेतर्फ केन्द्रित हुने छौं।’

प्रष्ट बहुमत भएको सरकारले फोरमको आवश्यकताबोध गरेर सरकारमा सहभागी गराउनु पनि उपलब्धि भएको तर्क गर्दै उनले आफूहरुले उठाएका मुद्दाहरुको सम्बोधन नहुने अवस्था आए कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने पनि बताए। 

उनले आफू अहिले स्वास्थ्य क्षेत्रमा रहेका चुनौती बुझ्ने क्रममा रहेको र चाँडै नै कसरी सर्वसुलभ स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार गर्न सकिन्छ भन्ने नीति अख्तियार गरी कार्यान्वयनका लागि केन्द्रित रहेको बताए।

त्यस्तै सहरी विकास मन्त्री राईले नयाँ र व्यवस्थित सहर निर्माणसम्बन्धी अवधारणाहरु साकार पार्ने अठोट गरे। उनले तराई र पहाडी क्षेत्रका सबै सहरहरुको विकासका लागि आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्ने प्रतिबद्धता पनि जनाए।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad